Sajhamanch Archive

कचनकवलमा पार्टी निर्माण जुट्दै राप्रपा

Published: (Updated: ) in राजनीति, स्थानीय तह by .

कचनकवल । राष्ट्रिय प्रजातन्त्र पार्टी कचनकवलमा १२१ सदस्यीय जनवर्गीय सङ्गठन समिति सर्वसम्मत चयन गरिएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला, युवक तथा किसान सङ्गठनको गाउँ अधिवेशनले बिहीबार उक्त समिति चयन गरेको हो ।

कचनकवल गाउँपालिका भित्र रहेका ७ वडामा भदौ मसान्तसम्म वडा अधिवेशनले नामावली छनौट गरेको थियो । बिहीबारको अधिवेशनले धनबहादुर तामाङ् (छोटु)को नेतृत्वमा ३९ सदस्यीय युवक संगठन, रुपा गौतमको संयोजकत्वमा ३७ सदस्यीय महिला संगठन र शङ्करप्रसाद गणेशको नेतृत्वमा ३५ सदस्यीय किसान सङ्गठन सर्वसम्मत चयन गरेको हो । विभिन्न जिम्मेवारीमा सर्वसम्मत चयन भएका कार्यकर्तालाई कार्यक्रमका प्रमुख अतिथि सङ्घीय सासद राजेन्द्र लिङ्देन लगायतले स्वागत गरेका थिए ।

सोही कार्यक्रमका बीच कचनकवलमा पार्टी कार्यालय निर्माणका लागि शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष अञ्जरा आलमले एक कठ्ठा जमिन निःशुल्क उपलब्ध गराएपछि अन्य कार्यकर्ताले क्षमता अनुसारको रकम सहयोग गर्ने सार्वजनिक गरेका थिए । जनश्रमदानबाट ३ महिनाभित्र कार्यालय भवन निर्माण हुने भवन निर्माण समितिका संयोजक रुद्रमणि अर्यालले बताएका छन् ।

पार्टीका गाउँ समिति अध्यक्ष छविरमण ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य मुन्ना आलम, पार्टीका दमक नगर सभापति हेम सुवेदी, गाउँपालिका अध्यक्ष अञ्जरा आलम, उपाध्यक्ष नीमसरी राजवंशी, पूर्व जिल्ला अध्यक्ष अम्बर विष्ट, जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, प्रदेश १ संयोजक राम थापा, केन्द्रीय सदस्य देवीरमण भट्टराई, लक्ष्मी सङ्ग्रौला, युवक सङ्गठनका गाउँ संयोजक धनबहादुर तामाङ लगायतले बोलेका थिए ।

गाउँपालिका विद्यार्थी सङ्गठन अध्यक्ष विकाश घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन पार्टीका सचिव टेकनारायण राजवंशीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *