Sajhamanch Archive

दक्षिणी झापाका पालिका समितिमा सिटौला निकट कार्यकर्ता बीच नै प्रतिष्पर्धा !

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह, by .

भद्रपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि भद्रपुर कांग्रेसको नेतृत्व गर्न नेता कृष्णप्रसाद सिटौला निकटका ८ जनाले सभापतिको दावेदारी प्रस्तुत गरेपछि भद्रपुर नगर समितिको निर्वाचन रोचक मोडमा हुने देखिएको छ ।

नगर समितिको नेतृत्वका लागि जिल्ला सदस्य तोया गड्तौला, उपसभापति ज्ञानबहादुर चौहान, सचिव राम कँडेल, महिला नेतृ शर्मिला अधिकारी अग्रसर भएका छन् । उनीहरु जस्तै भद्रपुर ५ का वडाध्यक्ष बन्धु कार्की, साविक पृथ्वीनगर गाउँसमितिका सभापति मनकुमार कोइराला र साविक महेशपुर गाउँ समितिका सभापति मदनबहादुर बस्नेत र युवा नेता भरत प्रसाईले नेतृत्व दावी नछोड्ने देखिएपछि भद्रपुर काँग्रेसको सभापतिमा निर्वाचन हुने निश्चित भएको हो ।

सभापतिका दावेदार रहेका सबैजना पूर्वमहामन्त्री सिटौला निकट भएर कांग्रेसमा सकृय राजनीति गर्दै आएका व्यक्ति हुन् । उपसभापतिका लागि अधिकारकर्मी रेखा अधिकारीले मात्र उम्मेदवारी घोषणा गरेकी छिन् । यस्तै सचिवमा दूर्योधन कार्कीले मात्र उम्मेदवारी घोषणा गरेका छन् । अन्य पदका प्रत्यासी हालसम्म देखिएका छैनन् । हाल सभापतिमा दावी गरिरहेकै नेताहरुको ब्यवस्थापन गर्न उम्मेदवारबिहीन पदहरु उपयोगी हुने पार्टी स्रोत बताउँछ ।

यसैगरी हल्दिबारी काँग्रेसको नेतृत्वका लागि दुईजना दावेदार उत्रिएका छन् । उपभसापति तथा हल्दिबारी ४ का वडाध्यक्षसमेत रहेका होमप्रसाद चुडाल र माओवादी छोडेर काँग्रेसमा आएका तुलसीप्रसाद ओलीले सभापतिमा दावी गर्दै आएका छन् । आकांक्षीमध्येका ओली गत स्थानीय चुनावमा माओवादी केन्द्रबाट हल्दिबारी गाउँपालिकाको अध्यक्ष पदका प्रत्यासीसमेत थिए ।

सभापतिका आकांक्षी दुवै जनाले नछोड्ने भएपछि निर्वाचन प्रकृयामै जाने संभावना देखिएको स्थानीय नेता कार्यकर्ता बताउँछन् । दुवै नेता सिटौला निकट मानिन्छन् । अन्य पदमा सर्वसम्मत हुनेसमेत स्थानीय कार्यकर्ताको भनाई छ ।

त्यसैगरी कचनकवल गाउँ समितिका लागि वर्तमान सभापति तुलाराम अधिकारी र पुराना नेता सिताराम खड्काले दावेदारी गरिरहेका छन् । तुलरामका पक्षमा स्थानीय नेता कार्यकर्ता खुलेरै लागेपछि सर्वसम्मतको प्रयास पनि भइरहेको बताइन्छ । दुवै दावेदार सिटौलाका विश्वास पात्र मानिने गरेको छ ।

काँग्रेस महाधिवेशनमा यस पटक झापा क्षेत्र नम्वर ३ का कुनै पनि तहका निर्वाचनमा नेता सिटौलाले हस्तक्षेप नगरेका कारण एउटै समूह भित्र रहेका बीच नै आन्तरिक प्रतिष्पर्धाकोको वातावरण निर्माण भएको अगुवा नेता कार्यकर्ताको भनाई छ । विपरित समूहको उपस्थिति कमजोर देखिएको यस क्षेत्रमा सिटौला निकटले नै नेतृत्व लिने स्पष्ट देखिएको यस क्षेत्रमा अधिकांस युवाहरू नै नेतृत्वमा पुग्ने देखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *