नेपाली कांग्रेस १४औं महाधिवेशनः यस्तो आयो झापामा पालिकाको परिणाम
Published:
by .झापा । नेपाली कांग्रे्रेसको १४औं महाधिवेशन अन्तरगत आज विवाद नभएका जिल्लामा पालिकास्तरको चुनाव पछि मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ ।
अन्तरपार्टी लोकतन्त्र मजवुत बनाउने भन्दै कांग्रेसले यो महाधिवेशनमा मतदानबाट नेतृत्व चयनलाई व्यवधान खडा गरेको छैन । योभन्दा अगाडि वडास्तरको नेतृत्व चयन गर्दै क्षेत्रीय प्रतिनिधि बनाउन पनि धेरै स्थानमा निर्वाचन रोजिएको थियो । यो क्रम महाधिवेशनसम्म जाने निश्चित छ ।
प्राप्त पछिल्लो जानकारी अनुसार विभिन्न पालिका समितिमा प्यानलै वा मिश्रित परिणाम आएको छ । बिर्तामोड नगरसमितिमा भोजराज सिटौलाको प्यानल नै विजयी भएको छ । उपसभापतिमा सूर्यप्रसाद कन्दङवा र राजकुमार राजवंशी, सचिवमा उत्तम खनाल र दिवाकर प्रसाई तथा सहसचिवमा लबकुमार चौधरी र दिनेश पराजुली विजयी भएका छन् ।
सभापतिका अर्का प्रत्यासी कुलप्रसाद संग्रौलाले ११६ मत पाउँदा सिटौलाले १५९ मत अर्थात् ४३ मतान्तरले उनलाई पराजित गरेका हुन् । चुनावका स्थानीय विश्लेषकहरु १०–१५ मतभन्दा बढीले हार–जित हुँदैन भन्ने भविष्यवाणी गरिरहन्थे । यो पटक १३ वर्षको एकल नेतृत्व पल्टाइन्छ पनि भन्ने गरिन्थ्यो तर परिणाम सोचेभन्दा फरक आएको छ । युवा पुस्ताले तुलनात्मकरुपमा युवालाई नै रोजेर मतदान गरेको प्रष्ट भएको छ ।
यस्तै तीनवटा प्यानल बनाएर प्रतिष्पर्धामा उत्रिएको दमक नगरसमिति पदाधिकारी उम्मेदवारहरुहरु बीचबाट मिश्रित परिणाम आएको छ । सभापतिमा प्रकाश प्रसाई निर्वाचित भएका छन् । प्रसाईले १७६ मत ल्याएर विजयी हुँदा निटकतम् प्रतिद्वन्दी पर्शुराम रिजालले ९९ मत पाए भने रोशन विष्टले ४५ मत पाएका छन् ।
उपसभापतिमा प्रसाइँ प्यानलका युवराज खनाल र रिजाल प्यानलका प्रेम भट्टराई निर्वाचित भए । यस्तै सचिवमा रिजाल प्यानलका रामचन्द्र अधिकारी र विष्ट प्यानलका दिपेश दाहाल निर्वाचित भएका छन् । त्यसैगरी सहसचिवमा प्रसाईको प्यानलका मणिकुमार लिम्बू र रिजाल प्यानलका रमुना पौडेल चापागाई विजयी भएका छन् ।
गौरादहमा यादवराज सेढाईं २ मतको अन्तरमा विजयी भएका छन् । सेढाईंले १२२ मत ल्याएर विजयी भए भने प्रतिस्पर्धी गोपाल कोइरालाले १२० मत पाएका थिए । उपसभापतिमा कुन्दन गिरी १७१ मत र मेघराज अधिकारी १६८ मत ल्याएर विजयी भए । यस्तै सचिवमा माधब कोइराला १४१ मत र नेत्र खड्काले १०६ मत ल्याएर विजयी हासिल गरेका छन् । सहसचिवमा उपेन्द्र ढुंगाना १७७ मत र ओमकुमार धमला १२० मत ल्याएर विजयी भएका छन् ।
यसैगरी, कमल गाउँ समितिको सभापतिका दुईजना प्रतिस्पर्धीले बराबर मत प्राप्त गरेका छन् । सभापतिका तीनजना प्रतिष्पर्धीमध्ये खगेन भण्डारी र बुद्धिराज न्यौपानेले ६५/६५ मत ल्याए भने अर्का प्रतिस्पर्धी प्रमोद दाहालले १ मत पाएका छन् । ४ मत बदर भएको जनाइएको छ । सभापतिका दुई प्रत्यासीको मत बराबर आएपछि दुवै जनाबीच आधा आधा कार्यकाल आलोपालो सभापतिको जिम्मेवारी सम्हाल्ने निर्णय भएको जनाइएको छ ।
सहमति अनुसार सुरुको आधा कार्यकाल न्यौपानेले सम्हाल्नेछन् भने दोश्रो चरणमा भण्डारीले कार्यभार सम्हाल्ने निधो भएको बताइएको छ । उपसभापतिमा पदम निरौला ८६ मत र केदर कटुवाल ७१ मत ल्याएर विजयी भएका छन् भने सचिवमा दिनेश दाहाल ८८ र महेन्द्र बुढाथोकी ८३ मत ल्याएर विजयी भएका छन् । सहसचिवमा सविता दाहाल कटुवाल ७० र दुर्गाप्रसाद पोखरेल ६९ मत ल्याएर विजयी भएको निर्वाचन समितिको घोषणा गरेको छ ।
गौरीगञ्जमा अघ्नुप्रसाद राजवंशीले ७८ मत ल्याएर गाउँ समितिको सभापतिमा विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी राजेन्द्र कार्कीले ३९ मत र अर्का प्रतिस्पर्धी कमलेश्वर राजवंशीले ६ मत ल्याएका छन् । उपसभापतिमा टिकनारायण राजवंशी र धिरज रिजाल, सचिवमा हरिलाल यादव र गोपालप्रसाद ताजपुरिया तथा सहसचिवमा राजेन्द्रकुमार ताजपुरिया र भोला राजवंशी विजयी भएको जनाइएको छ ।
यता कनकाई नगरसमितिको सभापतिमा दुर्गाप्रसाद प्रसाई विजयी भएका छन् । कनकाईको उपसभापतिमा सन्तोष रायमाझी र सूर्यकुमार थापा विजयी भए भने सचिवमा दिपक खतिवडा र रेणु कडेल तथा सहसचिवमा उदित दाहाल र धर्मराज राजवंशी भएको जनाइएको छ ।
यसैगरी मेचीनगर नगरसमितिको सभापतिका सुवेशकुमार पनेरु (सुदय), झापा गाउँसमिति सभापति भागिरथ गणेश, अर्जुनधारा नगरसभापति हेमराज खरेल, बुद्धशान्तिमा चक्र शेर्मा, भद्रपुर नगर सभापतिमा रामबहाडुर कँडेल, शिवसतासी नगर सभापतिमा अशोक बस्नेत, हल्दिबारी गाउँसभापतिमा गंगा प्रसाई, बाह्रदशीमा इन्द्र बस्नेत र कचनकवल गाउँ समिति सभापतिमा तुलाराम अधिकारी विजयी भएका छन् ।
Comments