Sajhamanch Archive

अन्ततः उनी मृत भेटिइन्

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

बिर्तामोड । जंगली हात्तीले सुँडमा च्यापेर लगेकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । निगुरो टिप्न जंगल गएकी बिर्तामोड नगरपालिका – ८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

भद्रपुर नगरपालिका– १० मा पर्ने चन्द्रगढ सामुदायिक वनमा उनी श्रीमान् सुकलाल मर्डीसँगै निगुरो टिप्न गएकी थिइन् । निगुरो टिप्दै गर्दा हात्तीले सूँढले च्याप्दा लतुमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिएका हुन् ।

घटनाबारे सुकलालले अस्थायी प्रहरी चौकी गरामनीलाई जानकारी गराएका थिए । लतुमाईको शव वनभित्रको सेती खोलाको पैनीमा फेला पारेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *