साहारा नेपाल साकोसको प्रस्तावः लोपोन्मुख १० जातिका सन्ततिलाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने
Published:
by .झापा । साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस)ले आफ्नो कार्यक्षेत्रभित्रका जिल्लामा बसोबास गर्ने लोपोन्मुख र अति पिछडिएका जातिका सदस्यका छोराछोरीलाई डाक्टरी पढाउने प्रस्ताव साधारणसभामा लैजाने भएको छ ।
सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले आज फेसबुक टाइमलाइनमा स्टाटसमा कात्तिक २७ गतेका लागि निर्धारित साधारणसभामा सो प्रस्ताव लगिने तयारी भएको उल्लेख गरेका छन् ।
सहारा नेपाल साकोसको कार्यक्षेत्र झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर र इलाम हो । संस्थाले थप तीन जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने बताइसकेको छ । संस्थाको कार्यक्षेत्र रहेका जिल्लाहरुमा मुसहर, संथाल, लेप्चा, किसान, गन्धर्व लगायत लोपोन्मुख जातिहरुको बसोबास छ ।
ती समुदायका अभिभावकहरु संस्थाको सदस्य बनेको अवस्थामा तथा उनका सन्तानले एमबीबीएस पढ्न चाहिने योग्यता पूरा गरेमा यस्तो अवसर प्रदान गर्न साधारणसभामा प्रस्ताव लैजाने तयारी गरिएको साहारा नेपाल साकोसका कार्यकारी प्रमुख गिरीले जनाएका छन् । उनीहरुलाई एमबीबीएससम्म अध्ययनको लागि छात्रवृद्धि प्रदान गर्ने योजना बनाइएको हो ।
Comments