प्रदेश १ मा कोरोना ग्राफः संक्रमित थपिनेभन्दा निको हुने बढी
Published:
by .विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ भने ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार ४३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र ९८ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको छ । यस्तै, कोरोना संक्रमणमुक्त हुनेमा ३५ महिला र ६४ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३३, मोरङमा २८, सुनसरीमा ११, उदयपुर र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको हो ।
झापाको मेचीनगरमा ८, भद्रपुरमा ६, कनकाईमा ५, दमकमा ४, बुद्धशान्तिमा ३, शिवसताक्षी, बिर्तामोड र अर्जुनधारामा २–२, कमल गाउँपालिकामा १ जना संक्रमित थपिएका हुन् ।
यस्तै, मोरङको विराटनगरमा २३, सुन्दरहरैंचामा ५, सुनसरीको इटहरीमा ८, धरानमा ३, उदयपुरको त्रियुगा र पाँचथरको फिदिममा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
Comments