भट्टराई कुलवंश प्रतिष्ठानको अक्षयकोषमा रकम थपिँदै
Published:
by .इटहरी । समाजसेवी दिनेश भट्टराईले धर्मपत्नी कमलाको स्मृतिमा भट्टराई कुलवंश प्रतिष्ठानले स्थापना गरेको अक्षयकोषलाई ४ लाख ११ हजार ५५५ रुपैयाँ प्रदान गरेका छन् ।
धर्मपत्नी कमलाको वार्षिक पुण्यतिथिको अवसरमा भट्टराई कुलवंश प्रतिष्ठान सुनसरीले आयोजना गरेको श्रद्धाञ्जली तथा अक्षयकोष रकम हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईलाई दिनेशले सो रकम बराबरको चेक प्रदान गरेका हुन् । अक्षयकोषका लागि रकमदाता दिनेश पनि भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष हुन् ।
सोही कार्यक्रममा प्रेमप्रसाद भट्टराईले १ लाख ५१ हजार रुपैयाँ, दयाराम भट्टराईले १ लाख ११ हजार १११ रुपैयाँ, सोमनाथ भट्टराईले १ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् । यस्तै, प्रतिष्ठानको सुनसरी जिल्ला शाखाको तर्फबाट १ लाख रुपैयाँ, चूडामणि भट्टराईले १ लाख रुपैयाँ र हरि भट्टराईले ५५ हजार ५५५ रुपैयाँ रकम उपलब्ध गराएको भट्टराई कुलवंश प्रतिष्ठान सुनसरीका अध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
दुई करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएको जनाउँदै प्रतिष्ठानका अध्यक्ष शेरबहादुर भट्टराईले हालसम्म कोषमा ३५ लाख रुपैयाँ जम्मा भइसकेको बताएका छन् ।
Comments