एमाले कमल गाउँ कमिटीअन्तरगत वडाहरुमा सर्वसम्मत नेतृत्व
Published:
by .कमल । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तगरत मुलुकभरका ६ हजार ७४५ वडाहरुमा कात्तिक ६ गते एकसाथ वडा अधिवेशन सुरु भएका छन् । देशभरका वडाहरुको अधिवेशन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल विधिबाट उद्घाटन गरेका थिए ।
सोही कार्यक्रम अन्तरगत झापाका पनि १३१ वटा वडाहरुमा अधिवेशन सुरु भई अधिकांश वडाहरुमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ । झापा मध्य भागमा रहेको कमल गाउँपालिकाका सातवटै वडाहरुमा एमालेको वडा अधिवेशन सर्वसम्मत नेतृत्व चयन गदै सम्पन्न भएको छ ।
सम्पन्न अधिवेशनबाट वडा नम्वर १ को अध्यक्षमा श्याम कार्की, उपाध्यक्षमा नरेन्द्र गौतम, सचिवमा विनोद भट्टराई र उपसिचवमा प्रमोद नेपाल तथा सविता भण्डारी चयन भएका छन् । वडा नम्बर २ को अध्यक्षमा तीर्थ दाहाल, उपाध्यक्षमा कुमार बस्नेत, सचिवमा लक्ष्मीप्रसाद न्यौपाने र उपसचिवद्वयमा ईन्द्र दाहाल र निर्मला अधिकारी निर्वाचित भएका छन् ।
वडानम्बर ३ को अध्यक्षमा अग्निप्रसाद कोइराला, उपाध्यक्षमा लालप्रसाद बोखिम, सचिवमा रामकुमार संजेल र उपसचिवद्वयमा मोज गुरुङ्ग र माण्डुका नेपाल चयन भएका छन् । यसैगरी, वडानम्बर ४ को अध्यक्षमा चन्द्र भट्टराई, उपाध्यक्षमा गिरीराज बस्नेत, सचिवमा चक्रबहादुर गुरुङ्ग तथा उपसचिवद्वयमा मित्रलाल पोखरेल र शान्ति राई निर्वाचित भएका छन् ।
वडानम्बर ५ को अध्यक्षमा खगेन्द्रप्रसाद तिवारी, उपाध्यक्षमा शोभा गजुरेल, सचिवमा दिपक गौतम तथा उपसचिवद्वयमा वेदराज बस्नेत र ईन्द्र आचार्यले जिम्मेवारी पाएका छन् । यस्तै, वडा नम्बर ६ को अध्यक्षमा तुलसीप्रसाद बाँस्कोटा, उपाध्यक्षमा दिपक खड्का, सचिवमा युवराज पाठक तथा उपसचिवद्वयमा खेम आचार्य र विमला खतिवडा चयन भएका छन् ।
सोही बमोजिक वडा नम्बर ७ को अध्यक्षमा अकलबहादुर गुरुङ्ग, उपाध्यक्षमा टंकप्रसाद काफ्ले, सचिवमा रामप्रसाद घिमिरे तथा उपसचिवद्वयमा शैलेन्द्र कार्की र पवित्रा सुनुवार सर्वसम्मत निर्वाचित भएको वडा निर्वाचन समितिहरुले जनाएका छन् । निर्वाचन समितिका अनुसार हरेक वडामा ३३ प्रतिशत महिला सुनिश्चित गर्दै ३१ सदस्यीय कमिटी गठन गरिएको हो ।
Comments