Sajhamanch Archive

दर्जन अफगानी नागरिक काठमाडौंको एक होटलबाट पक्राउ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विश्व समाचार by .

काठमाडौं । प्रहरीले काठमाडौंबाट ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ।

सिनामंगलको एक होटलबाट उनीहरुलाई आज बिहान पक्राउ गरिएको सीआईवीका प्रवक्ता श्यामकुमार महतोले बताएका छन् ।

‘सिनामंगलको एक होटलमा विदेशी नागरिक लुकिछिपी बसेका छन् भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेका हौं’ उनले भने, ‘अहिले सोधपुछको क्रम चलेको छ। के गर्ने भन्ने टुंगो लाग्दैछ।’

अफगानिस्तानमा तालिवानले सत्ता लिएपछि देश छोड्नेको संख्या बढेको छ। उनीहरु पनि त्यही क्रममा भारत हुँदै नेपाल प्रवेश गरेको प्रारम्भिक जानकारी आएको छ।

पक्राउ परेकाहरुको साथबाट भारतीय कागजात पनि प्रहरीले बरामद गरेको छ। ती कागजातबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *