Sajhamanch Archive

प्रदेश १ मा कोरोना संक्रमण ह्वात्तै बढ्यो, एकैदिन १४७ जना संक्रमित थपिए

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४७ जनामा कोरोना संक्रमण भएको छ । ९६८ जनाको पीसीआर परीक्षण गर्दा १२५ र १३५ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५७, झापामा ५२, सुनसरीमा १०, खोटाङ, उदयपुर, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ४०, सुन्दरहरैंचामा ४, उर्लाबारीमा ३, कानेपोखरी, बेलबारी, रतुवामाई र स्थानीय तह नखुलेका २–२, ग्रामथान र पथरीशनिश्चरेमा १–१ जना संक्रमित भएका हुन् । यसैगरी, झापाको बिर्तामोडमा १३, दमकमा १०, भद्रपुरमा ७, कनकाईमा ६, कमलमा ५, शिवसताक्षी र अर्जुनधारामा २–२, मेचीनगर, बाह्रदशी, कचनकवल, गौरादह, हल्दिबारी, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

तथ्याङ्क अनुसार सुनसरीको इटहरीमा ४, धरानमा २, इनरुवा, बराहक्षेत्र, गढी र हरिनगरमा १–१, खोटाङको जन्तेढुङ्गा, उदयपुरको चौदण्डीगढी, पाँचथरको फिदिम र ताप्लेजुङमा १–१ जना र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो महिनादेखि हिजोसम्म संक्रमितहरु सयको संख्या ननाघेकोमा पछिल्लो २४ घण्टामा नै डेढसय संक्रमित थपिनुले संक्रमणको दर ह्वात्तै बढेको देखाृउँछ । यस्तै पछिल्लो २४ घण्टामा ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २० महिला र २३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *