Sajhamanch Archive

बागमतीमा मुख्यमन्त्री शाक्यको राजिनामा, ५९ सांसदको समर्थनसहित समाजवादीका पाण्डेको दाबी

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

हेटौंडा । पाँच दलीय गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । पाँच दलीय गठबन्धनले ५९ सांसदको समर्थनसहित एकीकृत समाजवादीका सांसद पाण्डेलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको हो ।

पाण्डेले ५९ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् । १०९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *