Sajhamanch Archive

प्रदेश १ मा ४९ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण भएको छ । १९५ जनाको पीसीआर परीक्षण गर्दा ३३ र ९० जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११, झापा र सुनसरीमा १०–१०, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १०, रंगेलीमा १, झापाको भद्रपुरमा ४, मेचीनगर र स्थानीय तह नखुलेका २–२, बिर्तामोड र बुद्धशान्तिमा १–१, सुनसरीको इटहरीमा ४, धरानमा ३, बर्जुमा २ र बराहक्षेत्रमा १, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४६ महिला र ५५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *