Sajhamanch Archive

एकद्वार प्रणालीबाट सेवा दिने विषयमा किन पक्ष विपक्ष

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले प्रदेशबासीलाई प्रदेश सरकारको अनुभूती दिलाउन एकद्वार प्रणालीबाट सेवा दिन खोजिएको बताएका छन् । जिल्ला–जिल्लामा एकीकृत सेवा हुँदा प्रदेशबासीलाई नै सहज हुने उनको जिकिर छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको प्रदेश स्तरीय वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री साम्सोहाङले आज यस्तो बताएका हुन् । ‘बाहिर हल्ला गरेजस्तो स्वास्थ्यको जिल्ला कार्यालय नै नरहने, स्वास्थ्यका हाकिम नै हुन नपाइने भन्ने पक्कै होइन’ मन्त्री साम्सोहाङले भने ‘प्रदेश सरकारको २०७८–७९ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यको अनुसारले नै सरकारले कार्य अघि बढाएको हो ।’

उक्त समीक्षा गोष्ठीमा सामाजिक विकास मन्त्रालयका सचिव कमल भट्टराईले प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसार नै एकद्वार प्रणालीबाट सेवा दिने तयारी थालिएको प्रष्ट पारेका छन् । प्रतिवेदन अध्ययन गरेर मात्रै धारणा बनाउन पनि उनको आग्रह छ ।

जनस्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य कैलाश खाकी श्रेष्ठले प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालयको माग राखिरहेको समयमा स्वास्थ्य सेवाको परिकल्पनाभन्दा बाहिर गएर संगठन संरचना तयार गर्न खोजिएको आरोप लगाए । उनले एकद्वार प्रणालीबाट सेवा दिने प्रदेश सरकारको तयारीको विरोध पनि गरेका छन् । तत्काल स्वास्थ्य मन्त्रालय बनाउन उनले प्रदेश सरकारको ध्यानाकर्षण पनि गराए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *