Sajhamanch Archive

प्रदेश १ का मुख्यमन्त्री राई र मन्त्रीहरुले लिए शपथ

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति by .

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार अपरान्ह प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले उनलाई शपथ गराएका हुन् ।

मंगलबार नै ४ मन्त्री र एक राज्यमन्त्रीले पनि शपथ लिएका छन् । नेपाली काङ्ग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्रीले जिम्मेवारी पाएका हुन् ।

यसैगरी माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्रीको शपथ लिएका हुन् ।

त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्रीको शपथ लिएकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *