Sajhamanch Archive

झापा गाउँपालिकामा फुटबल प्रतियोगिता सुरु आज दुई खेल सम्पन्न

Published: in खेलकुद by .

झापा । झापा गाउँपालिका वडा नं. २ मा रहेको जोर माई युवा क्लबले आजदेखि यहाँ खुल्ला नकाउट फुटबल प्रतियोगिता सुरु गरेको छ । जिल्लाका आठवटा टिमले सहभागिता जनाएको प्रतियोगिताको उद्घाटन झापा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष नेत्रबहादुर खड्काले गरेका हुन् ।

क्लबका अध्यक्ष बाबुराम लिम्बूको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटनको अवसरमा पालिकाका वडाध्यक्षहरु, सामाजिक अगुवाहरुसहित खेलप्रेमीहरुको उल्लेख्य सहभागिता थियो।

प्रतियोगिताको उद्घाटन खेलमा अल इन वान सैनिकमोड र द हन्टर गौरादहले विजयी सुरुवात गरेको स्थानीय पत्रकार केशव चापागाईंले जानकारी दिएका छन् । अल इन वनले डाँगीबारी बाह्रदशीको टिम सँग ट्राइबेकरमा जीत निकालेको हो ।

निर्धारित समयमा दुवैतर्फ १–१ गोलको बराबरी भएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा ५–५ सुटको अवसर पाएका दुबै टिममा अल इन वान ३–२ को गोलान्तरले विजयी भएको हो ।

त्यस्तै आजै भएको अर्को खेलमा ट्राईब्रेकरमै शिवसताक्षीलाई पराजित गर्दै द हन्टर गौरादह विजयी बनेको छ। शिवसताक्षीका मनिस लिम्बुले एक गोल गर्ने बित्तिकै द हन्टरका तर्फबाट भरत निरौलाले गोल फर्काएका थिए । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि ट्राइब्रेकरमा ४–१ को गोलान्तरले द हन्टरले जीत हासिल गरेको हो।

जोर माई युवा क्लब झापा गाउँपालिका–२ सडकबारीले आयोजना गरेको प्रतियोगितामा विजेता टिमलाई ५० हजार ९९९ रुपैयाँ नगद, ट्रफी, मेडल प्रदान गरिनेछ । यस्तै उपविजेता टिमलाई ३० हजार ९९९ नगद, ट्रफी र मेडल प्रदान गरिने क्लवका अध्यक्ष बाबुराम लिम्बुले बताएका छन् ।

प्रतियोगितामा बेस्ट प्लेयर, हाईस्कोरर, बेस्ट किपर र म्यान अफ द म्याचले समेत ट्रफी पाउनेछ्न् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *