Sajhamanch Archive

एनएमसीका प्रशिक्षकलाई प्रशिक्षण पुनःताजगी तालिम

Published: (Updated: ) in मुख्य समाचार, शिक्षा, सहकारी by .

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले सदस्य शिक्षा तालिम सञ्चालन गर्न छनोटमा परेका सहजकर्ताहरुका लागि कात्तिक २५ गते प्रशिक्षक प्रशिक्षण पुनःताजगी तालिम सञ्चालन गरेको छ ।

संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजनामा सम्पन्न पुनःताजगी तालिमको सहजीकरण सुवासचन्द्र भट्टराई, घनश्याम अधिकारी र लक्ष्मीप्रसाद उप्रेतीले गरेका गरेका थिए ।

तलिमको सहजीकरणका क्रममा प्रमुख प्रशिक्षक भट्टराईले कुनैपनि तालिमका सहजकर्ताले सहभागीहरुको अपेक्षा संकलन गर्ने, सहभागीलाई सिकेको कुरा नबिर्सिने बनाउन अनेकन विधि प्रयोग गर्ने लगायत विधिहरु बिर्सन नहुने औंल्याएका थिए ।

सहभागीहरु बीचको परिचय शैली, एकापसमा परिचित सहभागीलाई अलग अलग स्थानमा राख्ने विधिहरु, तालिमको सुरु र अन्त्यमा आयोजक–स्थान–सहयोगीलाई कृतज्ञता तथा आभार ब्यक्त गर्ने विषयमा अवगत गराएका थिए ।

तालिमका सहजकर्ताको पहिरन र उसका क्रियाकलापले सहभागीको ध्यान कसरी मोडिन सक्छ भन्ने कुरालाई ध्यान दिनुपर्नेमा सहजकर्ताको जोड थियो । तालिममा सहभागीहरुबाटै तथ्य संकलन गरेर विषयवस्तु बारे नयाँ रोचक कुराहरु थाहा पाउन सकिने विधिलाई प्रशिक्षकहरुले अवलम्बन गर्न सक्नुपर्ने उनकोे सुझाव थियो ।

शिक्षा तथा तालिम उपसमितिका संयोजक सावित्रा दाहालको अध्यक्षतामा आयोजित प्रशिक्षक प्रशिक्षण पुनःताजगी तालिम कार्यक्रमको सञ्चालन उपसमितिका सदस्य सचिव हिरन कट्टेलले गरेकी थिइन् भने सहभागीहरुलाई केसी श्रेष्ठले राष्ट्रिय गीतको माध्यमबाट स्वागत गरेका थिए ।

पुनःताजगी तालिमका अर्का सहजकर्ता संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिका सदस्य घनश्याम अधिकारीले तालिम सम्बन्धी सीपहरु एजागर गरेका थिए । हरेक मानिसको मनोवृत्ति कै आधारमा उसले तालिमबाट सिक्ने सिक्छ वा सिक्दैन भन्ने अन्तरनिहित रहेकाले मनोवृत्तिलाई ९० प्रतिशत भारदिँदै ज्ञान र सीपलाई १० प्रतिशतमा सिमित राखिने अथ्र्याएका थिए ।

सो तालिम कार्यक्रममा एनएमसीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले सदस्य शिक्षा कार्यक्रममा जाँदा प्रशिक्षकहरुले सुनेको एनएमसीलाई देखेको एनएमसी जस्तै बनाउन सक्नुपर्ने सुझाव दिए ।

वित्तीय कारोबारमा एनएमसी अब्बल छ भन्ने अवगत गराउँदै समाज रुपान्तरणमा एनएमसीको भूमिकाका बारेमा पनि उदाहरण दिएर सदस्यहरुलाई प्रष्ट पार्नुपर्ने उनको भनाई थियो । प्रशिक्षक प्रशिक्षण पुनःताजगी तालिममा संस्थाको मूल नारा ‘असल संस्कार र समृद्धिको लागि एनएमसी’ र संस्थाको परिचय कसरी गराउने भन्ने सन्दर्भमा प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले सहजीकरण गरेका थिए ।

सोही खण्डमा डेरी व्यवसायका प्रशासन प्रमुख नवराज अधिकारी, एकीकृत नमूना कृषि फार्मका प्रशासन प्रमुख भुपाल गौतम र सहकारी पसल प्रशासन प्रमुख नविन भण्डारीले ती व्यवसाय सम्बन्धी सदस्यहरुले उठाउन सक्ने जिज्ञासालाई कसरी सम्बोधन गर्ने भनी सहजीकरण गरेका थिए ।

पुनःताजगी तलिम सम्बन्धी बैगुनधुरा कार्यालयगत उपसमिति सदस्य धर्माकुमारी सुवेदी ढुङ्गाना र चन्द्रगढी कार्यालयगत उपसमिति संयोजक यामनाथ शिवाकोटीले प्रतिक्रिया, टिप्पणी र सुझाव राखेका थिए । संस्थाका उपाध्यक्ष भगवती घिमिरेले सहभागीहरुलाई धन्यवादसहित तालिमको उपलब्धीबारे भनाई राखेकी थिइन् भने तालिमको समापन शिक्षा तथा तालिम उपसमितिका सदस्य चन्द्रप्रसाद भट्टराईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *