Sajhamanch Archive

बिर्तामोडमा प्रदेश स्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनशीप गरिँदै (भिडियो पनि)

Published: (Updated: ) in खेलकुद, प्रदेश तह, मुख्य समाचार by .

झापा । झापामा प्रदेशस्तरीय बडी बिल्डिङ च्याम्पियनशीप हुने भएको छ ।

बिर्तामोडमा रहेको बडी ग्यारेजको आयोजनामा फागुन २७ र २८ गते प्रदेश स्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनशीप आयोजना गरिएको बिर्तामोडमा आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

प्रतियोगितामा एक सय जना महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने अपेक्षा गरिएको छ । ‘प्रतियोगितामा ५५, ६०, ६५ र ७० केजी माथि तौल समूहको छुट्टा छुट्टै प्रतिष्पर्धा हुनेछ’ खेल आयोजक समितिका संयोजक राम दाहालले भने, ‘प्रतियोगिताका ओभरल च्याम्पियनले तीन लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।’ त्यस्तै फष्ट र सेकेण्ड रनरअपले दुई लाख र एक लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने दाहालले जानकारी दिए ।

खेल क्षेत्रको माध्यमबाट स्वस्थ रहन प्रत्येक जनसाधारणलाई अभिरुची जगाउँदै तथा शारीरिक सुगठनप्रति मोह बढाउन प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले बताए ।

महिला र पुरुषका लागि छुट्टै छुट्टै प्रतियोगिता आयोजना हुने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेताले यो प्रतियोगितामा भाग लिन नपाउने पत्रकार सम्मेलनमा जनाकारी दिइयो ।

नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले ‘मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनसीप’ हुन लागेको हो । प्रदेश नं. १ मा हालसम्मकै ठूलो धनराशीको प्रतियोगिता यही हुने संयोजक दाहालले दाबी पनि गरे ।

“कोरोनाका कारण पछिल्लो समय प्रतियोगिता हुन सकेको छैन”, उनले भने, “नयाँ खेलाडी उत्पादन र प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो ।”

त्यस्तै, प्रतियोगिता अन्तरगत महिलाहरुको पनि शारीरिक सुगठन प्रतियोगिता हुनेछ । महिला प्रतियोगितामा प्रथमले १५ हजार, दोस्रोले १० र तृतीयले पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न २० लाख खर्च हुने अनुमान गर्दै आयोजक समितिका अध्यक्ष अर्जुन मैनालेले भने, ‘मुख्य प्रायोजकबाट ४ लाख र सहप्रायोजक २ वटाबाट २–२ लाख रुपैयाँ लिइनेछ, अन्य स्रोतहरु जुटाएर प्रतियोगितालाई भब्य बनाउन कुनै कसर राखिनेछैन ।’

https://fb.watch/9opKaTij-U/

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *