Sajhamanch Archive

नौवटा देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, विश्व समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नौवटा देशबाट आउने यात्रु तथा पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएकाले हाललाई संक्रमण फैलिएका ९ वटा देशबाट आउने मानिसलाई नेपाल प्रवेशमा कडाई गरिएको एक मन्त्रीले बताएका छन् ।

दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाएको ती मन्त्रीको भनाई छ ।

उनका अनुसार शुक्रबार राति १२ बजेदेखि ती देशबाट आउने यात्रुलाई नेपाल प्रवेशको अनुमति नदिने निर्णय भएको छ । हाल ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले भने अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ ।

संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा नदिने निर्णय भएको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *