Sajhamanch Archive

एनएमसीका सदस्यलाई महिला हिंसा सम्बन्धी कानुनी परामर्श

Published: in शिक्षा, समाज, सहकारी by .

मोरङ । एनएमसीले महिला माथि हुुने विभिन्न प्रकारका हिंसा र सो सम्बन्धी कानुुनी परामर्श नामक एक दिने कार्यक्रम सम्पन्न गरेको छ । एनएमसीको महिला सशक्तिकरण उपसमितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

मंसिर १६ गते मोरङस्थित रमाइलो बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा महिला माथि हुुने विभिन्न प्रकारका हिंसाको बारेमा छलफल र सो सम्बन्धी कानुुनी परामर्शमा प्रशिक्षण भएको थियो । झापा बार एसोसिएसनका सचिव अधिवक्ता हेमकला कट्टेलले प्रमुख सहजीकरणको भूमिका निभाएकी थिइन् ।

करिब १०० जनाको उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्षता महिला सशक्तिकरण उपसमिति सदस्य कविता पौडेलले गरेकी थिइन् । डेरी व्यवसाय उपसमिति सदस्य मुुना कुुँईकेलले सहभागीहरुलाई शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन सामुदायिक विभाग प्रमुुख हिरन कट्टेलले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *