हल्दिबारीमा सतासी बहुउद्देश्यीय सहकारी संस्थाको सेवा केन्द्रस्तरीय सभा
Published:
by .हल्दिबारी । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सतासी बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा अन्तरगत आजदेखि सेवा केन्द्रस्तरीय छलफल सुरु भएको छ ।
संस्थाको २०७८ मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम १८औं वार्षिक साधारणसभा तथा छैटौ अधिवेशन कार्यक्रम आज हल्दिबारी सेवाकेन्द्रबाट सुरु गरिएको हो ।
प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले जारी गरेको साधारणसभा निर्देशिका बमोजिम सबै सेवा केन्द्रमा समान कार्यसूचिमा स्थानीय साधारणसभा गर्नुपर्ने भएकाले सतासी बहुउद्देश्यीयका ५ वटै कार्यालयमा २३ गतेसम्ममा सम्पन्न गर्नेगरी तालिका बनाइएको प्रबन्धक सन्तोषकुमार श्रेष्ठले जनाएका छन् ।
१८औं वार्षिक साधारणसभाबाट नै आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने कार्यसूचि रहेकाले सेवा केन्द्रस्तरीय साधारणसभालाई विशेष महत्वको बनाइएको उनको भनाई छ ।
Comments