न्यू पाथीभरा साकोसको साधारणसभा सम्पन्न
Published:
by .शरणामती । झापा गाउँपालिका वडा नं. ६ मा रहेको न्यू पाथीभरा बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा शनिबार मदरगाछमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष हस्तबहादुर बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला सहकारी संघका उपाध्यक्ष चम्पा खनालको प्रमुख आतिथ्य थियो।
झापा गाउँपालिका वडा नं. ६ को शरणामतीमा स्थापना भएको पहिलो सहकारीका रुपमा चिनिएको संस्थामा आर्थिक वर्ष २०७७/०७८ सम्ममा ७२० जना महिला, ८७९ जना पुरुष र ५४ संस्थागत गरी १६५३ शेयर सदस्य रहेका छन् । अध्यक्ष बोहोराद्वारा प्रस्तुत प्रतिवेदनमा संस्थाको शेयर पूँजी ८९ लाख ५ हजार ९०० रुपैयाँ रहेको उल्लेख छ भने बचत संकलन ६ करोड ४५ लाख ६५ हजार १५ रुपैयाँ गरिएको छ ।
संस्थामा पाँच करोड ८० लाख ८ हजार ७०२, जगेडा कोष ३४ लाख ९१ हजार २११ रुपैयाँ, नगद मौज्दात ७ लाख २२ हजार १८७ रुपैयाँ, बैंक मौज्दात २ करोड १३ लाख ५७२ रुपैयाँ, स्थिर पूँजी ४ लाख १८ हजार ४४४ रुपैयाँ रहेको उल्लेख छ ।
समीक्षा वर्षमा संस्थाले १ करोड ३० लाख ५२ हजार १९६ रुपैयाँ आम्दानी गरी १ करोड १० लाख १५ हजार १५० रुपैयाँ खर्चेर १८ लाख ९७ हजार ५६३ रुपैयाँ खुद नाफा गरेको अध्यक्ष बोहोराको प्रतिवेदनमा उल्लेख छ।
संस्थाका उपाध्यक्ष महेन्द्र प्रसाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव भविन्द्र भण्डारीले गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि खनाल, झापा ७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेती, झापा ६ का वडाध्यक्ष हरिबहादुर बानियाँ साथै रुद्र बजगाईं, गजेन्द्र ताम्ली, उपेन्द्र ओली, कमल खनाल, सखिचन्द्र ठाकुर, बालकृष्ण सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए।
Comments