Sajhamanch Archive

बिर्तामोड फुटबल क्लब महिला खेलाडीलाई प्रशिक्षण दिँदै

Published: in खेलकुद by .

बिर्तामोड । आगामी पुस ८ गतेदेखि हुन लागेको तमु ल्होसार महिला फुटबल प्रतियोगिताका लागि आयोजकले आफ्नो टिमको प्रशिक्षण सुरु गरेको छ ।

आयोजक बिर्तामोड फुटबल क्लबले टोलीको प्रशिक्षण आइतबारदेखि सुरु गरेको हो । प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा स्मिता राई, सुनिता राई, सृष्टि बुढाथोकी, मनिका तामाङ, रमना गुरुङ, मनिका घले, कञ्चन बिमली, अनिसा लिम्बू, संगीता खड्का, सपना लिम्बू, मीरा दुमी राई र मनिष खवास छन् ।

उनीहरुलाई प्रशिक्षक दिपन लिम्बूले डोमालाल राजवंशी रंगशालामा प्रशिक्षण दिइरहेका छन् । तमु ल्होसार पर्वको अवसरमा आयोजना हुने प्रतियोगितामा नेपाल र भारतका गरी छवटा टिमले प्रतिस्पर्धा गर्ने अध्यक्ष डिके गुरुङले जानकारी दिएका छन् ।

प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *