हेफर इन्टरनेशनलद्वारा ७५ वटा कृषि सहकारीलाई गाडी वितरण
Published:
by .काठमाडौं । हेफर इन्टरनेशनल नेपालले सहकारी संस्थाहरुलाई कृषि उत्पादन ढुवानीका लागि गाडी वितरण गरेको छ ।
हेफरले यसअघि २८ वटा र हाल ४७ वटा गरी ७५ वटा कृषि सहकारी संस्थाहरुलाई कृषि ढुवानीका साधन प्रदान गरेको हो ।
२२ देखि २४ लाखसम्म पर्ने गाडीको खरिदमा सहकारीले ५० प्रतिशत लगानी गरेका छन् । हेफरका अनुसार प्रदेश १ बाट ४, प्रदेश २ का २, लुम्बिनीका ९, गण्डकीका ९ वटा, सुदुरपश्चिमका २० र कर्णलाीका ३ वटा सहकारीले सवारीसाधन पाएका हुन् ।
किसानले उत्पादन गरेका पशुवस्तु तथा अन्यकृषि उपजको ढुवानी मार्फत ४७ सहकारीमा आबद्ध ४५ हजार किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने हेफरको अपेक्षा छ । यसबाट करिब ८२ करोड रुपैयाँ बराबरको कृषि उपजको बजारीकरण गर्ने लक्ष्य राखिएको छ ।
Comments