करार सेवाका कर्मचारी धमाधम हटाइँदै !
Published: (Updated: )
by .भद्रपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन विपरित झापाका अधिकांश सरकारी कार्यालयले करार सेवाका तल्ला दर्जाका कर्मचारी हटाउन थालेका छन् ।
मन्त्रालयले असोज मसान्तसम्म कुनै पनि दर्जामा करार सेवामा कार्यरत कर्मचारी नहटाउन परिपत्र गरेको भए पनि अधिकांस कार्यालयका प्रमुखले रकम अभाव भएको बहना बनाएर तल्ला दर्जाका कर्मचारी हटाउन थालेका हुन् ।
अस्थायी नियुक्ति लिएर कार्यालय सहयोगीका रूपमा विगत धेरै वर्षदेखि काम गरिरहेका मालपोत, भूमिसुधार, नापी, जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका लगायत कार्यालयमा रहेका दर्जन बढी कर्मचारी सेवाबाट हटाइएपछि समस्यामा परेका छन् ।
कतिपय कार्यालय प्रमुखले आफ्ना मान्छे प्रवेश गराउन पुराना कर्मचारी हटाएको आरोप पीडित पक्षले लगाएका छन् ।
Comments