Sajhamanch Archive

सतासी बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः रुद्रमणि

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by .

बिर्तामोड । सतासी बहुउद्देश्यीय सहकारी संस्था झापाको नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ । निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया पूरा गरी सपथग्रहण समेत गराएर आज प्रमाणपत्र प्रदान गरेको हो ।

छैटौं कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न सञ्चालक समितिले अधिवक्ता लक्ष्मीप्रसाद शिवाकोटीको संयोजकत्वमा मेची उद्योग वाणिज्य संघ धुलाबारीका कार्यकारी निर्देशक गोपाल बस्नेत र टिकाकुमार पोखरेल सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।

प्राप्त जानकारी अनुसार संस्थाको आगामी चार वर्षका लागि अध्यक्षमा रुद्रमणि श्रेष्ठ, उपाध्यक्षमा सुजता गुरुङ थापा मगरलाई पुनः जिम्मेवारी दिइएको छ । यस्तै, सञ्चालक समिति सदस्यहरु पदमप्रसाद ओली, ध्रुब कनाल र जीवनकुमार प्रधान पनि दोहोरिएका छन् ।

सञ्चालक समिति सदस्यमा पोषराज घिमिरे, जगतबहादुर तामाङ, शर्मिला अधिकारी र कुमार दर्नाल नयाँ अनुहारहरु प्रवेश गरेका छन् ।

लेखा सुपरीवेक्षण समिति संयोजकमा दिनेश शाक्यलाई निरन्तरता दिइएको छ भने सदस्यहरुमा पवनकुमार शाहा र रविना दाहालले जिम्मेवारी पाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *