बिर्तामोडमा संविधान दिवस मनाइयो
Published:
by .बिर्तामोड । नगरका संघ संस्थाहरुको सहभागितामा बिर्तामोड नगरपालिकाले संविधान दिवस समारोहको आयोजना गरेको छ ।
बिर्तामोडस्थित मुक्ति चोकबाट सुरु भएको एक र्यालीले नगर परिक्रमा गरेपछि आयोजित कोणसभा नगरप्रमुख ध्रुबकुमार शिवाकोटीको अध्यक्षतामा भएको थियो ।
उप प्रमुख पवित्रा महतारा प्रसाईले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभाका सदस्य जसमाया गजमेर, पूर्व सांसदहरु मनकुमार गौतम, नरेश खरेलले संविधान निर्माणमा आफूहरुले खेलेको भूमिकाका विषयमा चर्चा गरेका थिए ।
वक्ताहरुले जनताले लामो समयसम्म संघर्ष गरेर प्राप्त भएको संविधानका उपलब्धीलाई जोगाएर, आफ्नो क्षेत्रको विकासका लागि लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन नगरपालिकाका अधिकृत जय तिम्सिनाले गरेका थिए ।
सो र्यालीमा वीरता जेसीज, स्काउट, ब्रम्हकुमारी राजयोग सेवा केन्द्र, च्याम्बर अफ कमर्श, बिर्तामोड उद्योग बाणिज्य संघ, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रलगायतका संघ संस्थाको सक्रिय सहभागिता रहेको थियो ।
Comments