Sajhamanch Archive

नेपाली उपभोक्ता संरक्षण महासंघको प्रदेश १ कार्यसमिति गठन

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, समाज by .

दमक । कालोबजारी तथा समाजमा रहेका विकृतीहरु बिरुद्ध आवाज उठाउन स्वतन्त्र निकायको रुपमा गृहमन्त्रालय मार्फत उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयसहितको रायमा स्थापित नेपाली उपभोक्ता संरक्षण महासंघको प्रदेश १ कार्यसमिति गठन भएको छ ।

दमकका नारायण योङहाङको अध्यक्षमा नेपाली उपभोक्ता संरक्षण महासंघ प्रदेश १ समिति बनेको हो । समितिको महासचिवमा पत्रकार बिष्णुप्रसाद पोखरेल रहेका छन् ।

समितिको उपाध्यक्षमा लक्की सिटौला, सम्झना खतिवडा, सचिवमा श्रवणकुमार महतो र सदस्यहरुमा यामप्रसाद भण्डारी, सुर्यबहादुर बस्नेत, सुनिल बोहोरा, सुरेन्द्र खनाल, शिवदास रहेका छन् ।

समितिको दमकमा बसेको पूर्ण बैठकले एक महिना भित्रमा प्रदेशभित्रका १४ वटै जिल्ला समितिहरु गठन गर्ने र त्यसपछि प्रदेश अधिवेसन गर्ने निर्णय गरेको अध्यक्ष योङहाङले बताएका छन् ।

उपभोक्ताको हित संरक्षणमा खुलेका सम्पूर्ण उपभोक्तावादी संघ–संस्थाहरुको छाता संगठनको रुपमा महासंघ रहने जनाइएको छ । महासंघको प्रदेश कार्यालय दमक नै रहेको छ ।

महासंघले देशभर नै विधान अनुसार समितिहरु निर्माणलाई तिब्रता दिएको महासंघका केन्द्रीय अध्यक्ष चन्द्र साउदले बताएका छन् । महासंघ आम नेपालीहरुको साझा र विश्वासयोग्य बनाउने आफूहरुको प्रतिबद्धता रहेको पनि उनले बताएका छन् ।

महासंघका प्रवक्ता अर्जुन श्रेष्ठका अनुसार महासंघको उपस्थिति पालिकास्तरसम्म रहनेछ । यसले स्थानीय स्तरमा उपभोक्ताहरुको हकहित संरक्षणमा सम्बन्धित सरोकारवाला निकायहरुलाई खबरदारी गर्ने र आम जनताको महासंघ बन्ने उनले दावी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *