Sajhamanch Archive

बरपिपल सहकारीमा नयाँ नेतृत्वलाई सपथ ग्रहण तथा पद हस्तान्तरण

Published: in अर्थतन्त्र, सहकारी by .

बुद्धशान्ति । यहाँस्थित बरपिपल बचत तथा ऋण सहकारी सस्थाको १५औं वार्षि‌‍क साधारणसभाबाट सर्बसम्मत नयाँ नेतृत्व चयन भएको छ । गत शनिवार भएको साधारणसभा मार्फत चयन भएको नयाँ कार्यसमिति र लेखा समितिलाई शनिबार सपथ ग्रहणसहित पद हस्तान्तरण गरिएको हो ।

नयाँ सञ्चालक समितिको अध्यक्षमा छत्रबहादुर कार्की, उपाध्यक्षमा अनिल वाग्ले, सदस्यहरुमा रबिचन्द्र खनाल, देबेन्द्र निरौला, भवानी शंकर उप्रेती, युवराज खतिवडा, मिना सापकोटा तिम्सिना, कुमारी प्रधान र गीता भट्टराई चयन भएका छन् ।

संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा सन्तोषकुमार वाग्ले, सदस्यहरुमा श्यामप्रसाद कट्टेल र उमेश भट्टराई चयन भएका छन् ।

अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षतामा सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम गरिएको हो ।

सो कार्यक्रममा अध्यक्ष पौडेलसहित निर्वाचन समिति संयोजक पदमकुमार थापाले आफ्ना धारणासहित नयाँ नेतृत्वलाई बधाई ज्ञापन गरेका थिए । सो कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कार्की र लेखा संयोजक वाग्लेले प्रतिबद्धता मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन निर्वाचन समिति सदस्य राजेन्द्र भट्टराईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *