Sajhamanch Archive

सहाराका उद्यमी सदस्यलाई घरआँगनमा नै भेटेरनरी तालिम

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, सहकारी by .

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बुधबारे सेवा केन्द्रको आयोजना तथा एग्री बिजनेश युनिटको प्राविधिक सहयोगमा बुद्धशान्ति गाउँपालिका वडा नं. ४ जोरलाबरमा आजदेखि बाख्रा र बंगुर पालन सम्बन्धी दुई दिवसीय प्राविधिक तालिम सञ्चालन छ ।

बाख्रापालन तथा बंगुरपालन गर्ने किसानले आफ्ना जनावरमा स्वास्थ्य समस्या पहिचान गरी तत्कालै टार्न प्राथमिक उपचार गर्न सकु्न् भन्ने उद्देश्यले यस्तो तालिम दिइएको एग्री बिजनेश युनिटका प्रमुख डा. कमलेश्वर भाटले जनाएका छन् ।

सो तालिम लिएका उद्यमी किसानले भेटनरी डाक्टर वा पशु प्राविधिक नपुगेको अवस्थासम्म आफैं औषधी उपचार गरेर जनावर मर्नबाट रोक्न सक्ने बनाउने लक्ष्य राखिएको डा. भाटको भनाई छ ।

एग्री बिजनेश युनिटले पशुपालक उद्यमी सदस्यहरुलाई तालिम दिँदै खसी बाख्रा र पाठापाठीहरुमा लाग्ने रोगको पहिचान र उपचार विधि, पोषिलो खानेकुरा बनाउने विधि तथा बिक्री गर्न योग्य खसी बोकाको तौल टेपले नापेर निकाल्ने तरिका पनि सिकाइएको हो ।

बाख्रामा जस्तै बंगुरमा पनि लाग्ने रोग तथा निदान, उमेर अनुसारको दानाको मात्रा, तौल लिने सीप आदिबारे सहजीकरण गरिएको थियो ।

उक्त तालिममा सहभागी किसानहरुलाई एमडिएच फर्मा काठमाडौंले प्रदान गरेको पशु औषधीहरु निःशुल्क वितरण गरिएको फर्माका कन्सल्ट्यान्ट डा. बेविना पाण्डेले जानकारी दिइन् । डा. पाण्डेले औषधीको मात्रा मिलाएर खुवाउँदामात्र उपचार हुने तथा पशु चौपाया बलियो बन्ने जनाउँदै कुन औषधी कसरी कुन समयमा खुवाउनु उपयुक्त हुन्छ भनी सहजीकरण गरेकी थिइन् ।

सहारा नेपालले भ्यालु चेन बिजनेशको अवधारणलाई अगाडि सारेकाले बाख्रापालक किसानलाई महत्व दिएर यस्तो अभियान थालिएको डा. भाटको भनाई छ ।

तालिमका सहभागीहरुले सहाराको बाख्रापालक किसानप्रतिको लगाव तथा किसानले उत्पादन गरेको खसीहरुको बिक्री गर्न पुर्याएको सहयोगको सराहना गरेका छन् ।

सहारा नेपाल बुधबारे सेवा केन्द्रले बाख्रापालक किसानलाई हालसम्म ७ करोड रुपैयाँ हाराहारी लगानी गरिएको कार्यालय प्रमुख सागर ओझाले बताएका छन् । बुधबारे क्षेत्रका ३५० बाख्रापालक किसानलाई कृषि कर्जा अन्तरगत एक लाख रुपैयाँदेखि ६ लाख रुपैयाँसम्म कर्जा प्रदान गरिएको उनले जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *