Sajhamanch Archive

बुद्धशान्तिका फोकल पर्सनलाई बालक्लब गठन सम्बन्धी तालिम

Published: in लोकप्रिय, शिक्षा, स्थानीय तह by .

बुद्धशान्ति । बालमैत्री पालिका निर्माण अभियान अन्तरगत बुद्धशान्ति गाउँपालिका भित्रका विद्यालयका फोकल पर्सनलाई आज प्रशिक्षण दिइएको छ ।

समय संजाल मिडियाको आयोजना तथा बालबालिका तथा शिक्षा संचार मञ्च नेपालको समन्वयमा सो प्रशिक्षण गराइएको हो । सो कार्यक्रममा सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका शिक्षक प्रतिनिधि फोकल पर्सनहरुको सहभागिता थियो ।

गाउँपालिकाको सहयोगमा सम्पन्न प्रशिक्षणलाई संस्थाका अध्यक्ष सरोज पौडेलले सहजीकरण गरेका थिए । कार्यक्रममा प्रशिक्षार्थीहरुले विद्यालयमा बाल क्लब गठन गरिए तापनि प्रकृयाको विषयमा अन्योल रहेको बताएको थिए ।

सोही विषयमा प्रशिक्षण दिँदै अध्यक्ष पौडेलले बालमैत्री विद्यालय हुनलाई चाहिने सुचकहरु र आवश्यक विषयमा प्रष्ट पारेका थिए।
तालिम पछि प्रशिक्षार्थीहरुले बाल क्लब गठन र यसका कार्यविधिको विषयमा प्रष्ट भएको बताएका थिए ।

तालिममा सहभागी फोकल पर्सनहरुले महत्वपूर्ण जिम्मेवारी पाएको बताउँदै पालिकाको विधान अनुसार अघि बड्न प्रेरित भएको पनि जनाएका छन् । उनीहरुले बालबालिका तथा शिक्षा संचार मंचसँग समन्वय गर्ने प्रतिवद्धता ब्यक्त गर्दै बालबालिकाको क्षेत्रमा कटिबट्ट भएर काम गर्ने उद्घोष गरेका छन् ।

सो कार्यक्रममा बोल्दै महिला तथा बालबालिका शाखा प्रमुख मिना बिस्टले शाखाको तर्फबाट सबै सहयोग रहने तथा आगामी दिनमा फोकल पर्सनसंग समन्वय गरेर रणनीतिक योजना निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरिन्।

सहभागीलाई पालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज कट्टेलले सपथग्रहण गराउँदै आगामी नेतृत्व निर्माण गर्ने बालक्लब भएकाले स्थानीय पालिकाले सकेको सहयोग गर्ने बताए ।

कार्यक्रममा गाउँपालिकाका सूचना अधिकारी मदन कँडेल आयुर्वेद शाखा प्रमुख पुरण लहरी लगायत सहभागी थिए । मंञ्चका बुद्धशान्ती संयोजक आयुस निरौलाले स्वागत गरेको कार्यक्रमको संचालन उमानाथ भण्डारीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *