गौरादहमा खेले, बिर्तामोडबाट लिए पुरस्कार
Published:
by .बिर्तामोड । गौरादह नगरपालिका खेलकुद विकास समितिले संचालन गरेको प्रथम मेयरकप अन्तरपालिका स्तरीय कराते प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार वितरण गरेको छ।
पौष २३ र २४ गते सम्पन्न प्रतियोगितामा बिर्तामोड नगरपालिकाबाट १० जना खेलाडी विजयी भएका थिए । आयोजकले विजेता खेलाडीहरुको पदक, ट्रफी र प्रमाणपत्र बिर्तामोड नगर खेलकुद विकास समितिलाई एकमुष्ट प्रदान गरेकोले आज यहाँ खेलाडीहरुलाई हस्तान्तरण गरिएको अध्यक्ष संग्रौलाले बताए ।
प्रतियोगितामा मेनुका मगर, साङ्साङ्ग लिम्बू र विशाल राई ले प्रथम स्थान हासिल गरेका थिए । यस्तै दोस्रो स्थान हासिल गर्नेमा पूजा दर्नाल, मेनुका मगर (काता) र तृतीय हुनेमा राजुनानी अधिकारी, राम तामाङ, अरुण लिम्बू, इक्सा लिम्बू, भिमराज राई र प्रियङ्का राई विजयी भएका हुन् ।
बिर्तामोड नगर खेलकुद विकास समितिले आज एक कार्यक्रमको आयोजना गरी खेलाडीहरुलाई मेडल, ट्रफी, प्रमाणपत्र र बिर्तामोड नगरपालिकाको तर्फबाट ट्र्याकसुट हस्तान्तरण गरिएको समितिका अध्यक्ष टीका संग्रौलाले बताए ।
अध्यक्ष संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रममा करातेका पूर्व प्रमुख प्रशिक्षक मदनकुमार उप्रेती, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वडा नम्बर ३ का वडाध्यक्ष भोजराज सिटौलाले खेलाडीलाई शुभकामना बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रमको संचालन समितिका उपाध्यक्ष दुर्गा निरौलाले गरेका थिए।
Comments