Sajhamanch Archive

सुरुङ्गा जेसीजको पद हस्तान्तरणमा दर्जनौं सम्मानित, गायक खरेललाई नागरिक सम्मान

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by .

कनकाई । सुरुङ्गा जेसीजले बीच १३औं पद हस्तान्तरण समारोहका बीच उत्कृष्ट नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

जेसीजको वार्षिक कार्यक्रम अनुसार उत्कृष्ट नागरिक सम्मान अन्तरगत नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक प्रमोद खरेललाई सम्मान गरिएको हो । गायक खरेललाई स्वदेश तथा विदेशमा समेत नेपाली सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सुरुङ्गा जेसीजले संयोजनमा एक दर्जन स्थानीय संघ–संस्थाबाट सम्मान गरिएको हो ।

सम्मानित व्यक्तित्व खरेललाई नौमति बाजासहित सुरुङ्गा जेसीजको सभाहलमा विशेष स्वागत सम्मान गरिएको थियो । उत्कृष्ट नागरिक सम्मान कार्यक्रमका लागि पूर्वअध्यक्ष कमल कट्टेलको संयोजकत्वमा गठित उत्कृष्ट नागरिक छनौट समितिले भूमिका खेलेको थियो ।

कार्यक्रममा वर्ष २०२२ का लागि सुष्मा न्यौपाने उप्रेतीको अध्यक्षतामा सर्वसम्मत चयन भएको सुरुङ्गा जेसीजको नयाँ कार्यसमितिलाई पूर्णता दिइएको छ । विभिन्न सामाजिक संघ–संस्थामा समेत नेतृत्व तहमा रहेकी उप्रेतीलाई यसअघि नै सम्पन्न वार्षिक साधारणसभाले अध्यक्षमा निर्वाचित गरेको थियो ।

अध्यक्षसँगै दुईजना कार्यकारिणी उपाध्यक्षमा मेनुका उप्रेती र दीपेन्द्र प्रधान तथा उपाध्यक्षहरुमा विवेक शिवाकोटी, रोहित कोइराला, पुष्पराज ढकाल र भीम राजवंशी तथा जनसम्पर्क अधिकारीमा खुश्बु पौडेल सर्वसम्मत चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष उप्रेतीले महासचिवमा राजु पाठक र कानुनी सल्लाहकारमा प्रविण तिम्सिनालाई मनोनयन गरेकी छन् ।

त्यसैगरी सचिवमा किशोर दाहाल, कोषाध्यक्षमा मुक्ता कार्की, तालिम संयोजकमा रिसवसिंह चहार, शाखा सम्पादकमा चन्द्रकला ढकाल, स्वास्थ्य संयोजकमा नमिता काफ्ले, सप्ताह संयोजकमा टीकाराम भण्डारी, वातावरण संयोजकमा पूर्ण श्रेष्ठ र प्रकरण निर्देशकमा राजकुमार कट्टेललाई मनोनयन गरिएको छ ।

यस्तै सांस्कृतिक संयोजकमा सारिका गिरी, संघ–संस्था संयोजकमा रोशन ढकाल, सञ्चार संयोजकमा चन्द्र बस्नेत, खेलकुद संयोजकमा प्रतापबाबु जमरकट्टेल, महिला संयोजकमा भूमिका गौतम, व्यापार संयोजकमा रवीन्द्र गुप्ता र शिक्षा संयोजकमा निर्मला खड्कालाई चयन गरिएको छ ।

सुरुङ्गा जेसीज वर्ष २०२१ का अध्यक्ष यदुका उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष एवम् अष्ट्रेलियाका लागि पूर्व राजदूत जेसीआई सिनेटर महेश दाहालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सुरुङ्गा जेसीजको विभिन्न जिम्मेवारीमा रहेर हाल जेसीजबाट विदाई भएका पूर्व कार्यकारिणी उपाध्यक्षहरु क्रमशः डम्बर फूयाल, खेम प्रसाई, दिलकुमार कार्की, खेम अधिकारी र रामप्रसाद निरौलालाई कदरपत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

वर्ष २०२१ का अध्यक्ष यदुका उप्रेतीले आफ्नो कार्यकालमा महत्वपूर्ण भूमिका खेल्ने चारजना जेसीज पदाधिकारीहरुलाई बेग्ला बेग्लै विधामा वर्ष उत्कृष्ट जेसीज अवार्ड प्रदान गरेकी छन् । अवार्ड प्राप्त गर्नेहरुमा क्रमशः मेनुका उप्रेती (जेसीज उत्कृष्ट वर्ष अवार्ड), दुर्गा पाठक (वर्ष उत्कृष्ट कार्यक्रम व्यवस्थापक), विवेक शिवाकोटी (बेष्ट कोअर्डिनेटर अवार्ड) र रिसभसिंह चहार (बेष्ट पङ्चुवालिटी अवार्ड) छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *