Sajhamanch Archive

साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः कडेल निर्वाचित

Published: in सहकारी by .

बिर्तामोड । साना किसान कृषि सहकारी संस्था गरामनी झापाले गरामनीलाई कृषि बजारको रुपमा बिकास गर्ने भएको छ ।
कृषि बजारका लागि बिर्तामोड नगरपालिकाले १ लाख ७८ हजार रुपैयाँ सहयोग गरेको सहकारी संस्थाका अध्यक्ष शेखर कडेलले जानकारी दिए ।

आज संस्थाको तेस्रो वार्षिक साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कडेलले आफ्नो संस्थाले १५ विगाहा जग्गामा सामुहिक खेती शुरु गरेको पनि जानकारी दिएका छन् । उनले ९ प्रतिशत ब्याज दरमा पशुकर्जा प्रदान गरिएकोसमेत बताएका छन् ।

साधारणसभाको उद्घाटन गर्दै बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीले साना किसान सहकारी संस्थाहरु नाफामूलक नभए पनि सदस्यहरु नाफामूलक हुनुपर्ने धारणा राखे । सकारात्मक सोचले अगाडि बढेमा यो सहकारी संस्था देशकै उत्कृष्ट बन्न सक्ने उनको ठम्याई छ ।

संस्थाका अध्यक्ष कडेलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वडा अध्यक्षहरु भोजराज सिटौला, पवित्रा पाठक, गंगा भट्टराई, दूर्योधन गुरुङ, ने क पाका कृष्ण बिमली, अगुवा कृषक सहदेव थपलिया, पत्रकार इन्द्रसिंह राजवंशीलगायतले मन्तब्य राखेका थिए ।
त्यस अवसरमा उत्कृष्ट कृषकको रुपमा कान्ति राजवंशी, इन्द्रकुमारी श्रेष्ठ, अम्बिका थपलिया, अभिचन्द्र भण्डारी, देवीमाया उप्रेतीलाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै उत्कृष्ट बाल बचतकर्ता दिपेन्द्र खड्का र उत्कृष्ट ऋणी लालवती चौधरीलाई पनि पुरस्कृत गरिएको थियो ।
खगेन्द्र श्रेष्ठले सञ्चालन गरेको साधारणसभामा उपस्थितहरुलाई शान्ति थापाले शब्दले स्वागत गरेकी थिइन् । यसैबीच सो साधारणसभाले शेखर कडेललाई अध्यक्षमा पुनः निर्वाचित गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *