Sajhamanch Archive

प्रदेश १ मा आज १०६० जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by .

सांकेतिक तस्वीर

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७७, सुनसरीमा २५४, झापामा १३८, धनकुटामा १३, उदयपुरमा ५, तेह्रथुम र इलाममा २–२, ओखलढुङ्गा, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५० जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयले दिएको विवरण अनुसार झापाको बिर्तामोडमा ३८, भद्रपुरमा ३०, कनकाई र दमकमा १९, अर्जुनधारामा १२, बुद्धशान्ति र शिवसताक्षीमा ६–६, मेचीनगरमा ५, हल्दिबारीमा ३, कमल र झापा गाउँपालिकामा २–२, गौरादह, बाह्रदशी र स्थानीय तह नखुलेका १–१ जना संक्रमित थपिएका हुन् ।

यस्तै, मोरङको विराटनगरमा ३२०, बुढीगंगामा १८, उर्लाबारीमा ९, सुन्दरहरैंचामा ७, कटहरीमा ४, बेलबारी र स्थानीय तह नखुलेका ३–३, पथरीशनिश्चरे, ग्रामथान, धनपालथान र रतुवामाईमा २–२, केराबारी, रंगेली, लेटाङ, सुनबर्षी र मिक्लाजुङमा १–१ जनामा कोरोना संक्रमण भएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा १५९, इटहरीमा ५५, बर्जुमा ५, दुहवी, बराहक्षेत्र, इनरुवा र देवानगञ्जमा ४–४, हरिनगरमा ३, भोक्राहा र रामधुनीमा २–२, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ११ जना संक्रमित थपिएका छन् ।

यस्तै, धनकुटाको धनकुटा नगरपालिकाको ७, छथरजोरपाटीमा ३, महालक्ष्मीमा २ र पाख्रिबासमा १, उदयपुरको कटारी र स्थानीय तह नखुलेका २–२, बेलकामा १, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१ जना संक्रमित थपिए । इलामको इलाम नगरपालिका र माईमा १–१, ओखलढुङ्गाको मोलुङ, पाँचथरको फिदिम, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको जन्तेढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

आज ४८ जना कोरोना संक्रमितहरु प्रदेश १ मा निको भएका छन् । संक्रमणमुक्त हुनेमा २५ महिला र २३ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ४ हजार ५१५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *