Sajhamanch Archive

प्रदेश १ मा ७०२ जनामा कोरोना संक्रमण, ७६ जना संक्रमणमुक्त, २ को मृत्यु

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७०२ जनामा कोरोना संक्रमण भएको छ । ८०७ जनाको पीसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २२८, सुनसरीमा १८४, झापामा ४२, धनकुटामा ७, इलाम र उदयपुरमा ३–३, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको हो ।

प्राप्त तथ्याङ्क अनुसार झापाको भद्रपुरमा २३, अर्जुनधारा र बिर्तामोडमा ४–४, मेचीनगरमा २, कचनकवल, हल्दिबारी, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१ तथा स्थानीय तह नखुलेका ५ जना संक्रमित भएका छन् ।

मोरङको विराटनगरमा २१९, सुन्दरहरैंचा र स्थानीय तह नखुलेका ३–३, कटहरीमा २ र रंगेलीमा १ जना संक्रमित थपिएका छन् । यस्तै, सुनसरीको धरानमा १२५, इटहरीमा ५२, रामधुनी र स्थानीय तह नखुलेका २–२, बर्जु, दुहवी र देवानगञ्जमा १–१ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबास र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ३, उदयपुरको त्रियुगा, कटारी र स्थानीय तह नखुलेका १–१, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २९ महिला र ४७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६१४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *