अर्जुनधारा नगरपालिकामा अब आंशिक सेवामात्र
Published:
by .अर्जुनधारा । नगरमा कोभिड संक्रमण तिव्ररुपमा फैलिएको र स्वास्थ्यकर्मीसमेत संक्रमित भए पछि अर्जुनधारा नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक सेवा बाहेकका अन्य काम बन्द गरेको छ ।
नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको हो । कोभिड नियन्त्रण र स्वास्थ्यकर्मीहरुको सुरक्षालाई ध्यानमा राख्दै नगरस्तरीय कोभिड संकट व्यवस्थापन समितिको माघ ६ गतेको सिफारिस अनुसार अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको सूचनामा जनाइएको छ ।
नगरप्रमुख हरिकुमार रानाले हस्ताक्षर गरेको सूचनामा शनिश्चरे अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गत नियमित औषधि सेवन गर्ने तथा ५ वर्ष मुनिका बालबालिकाका लागि मात्र बहिरंग सेवा नियमित रुपमा सञ्चालन गर्ने उल्लेख छ ।
यस्तै, नगरपालिका, वडा कार्यालय र विषयगत सेवा केन्द्रहरुमा न्यूनतम सेवा प्रदायक उपस्थित भई सेवा प्रवाह गर्ने, अत्यावश्यक बाहेकका अन्य सेवाहरु माघ १४ गतेसम्मका लागि बन्द गरिएको सूचनामा जनाइएको छ ।
उक्त अवधिमा सम्पूर्ण शाखाहरुले झ्यालबाटै सेवा प्रवाह गर्ने भएको छ ।
Comments