“समयमा नै चुनाव गराउ भनेर एमाले दबाव दिइरहेकाे छ”
Published: (Updated: )
by .बिर्तामोड । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले आफ्नो सिङ्गो पार्टी समयमा नै चुनाव गराउन गठबन्धन सरकारलाई दबाव दिइरहेकाे बताएका छन् । प्रेस चाैतारी नेपालकाे २४ओं स्थापना दिवस मनाउन झापामा आयाेजित कार्यक्रममा प्रमुख अतिथि रहेका जिल्ला अध्यक्ष कार्कीले यस्ताे बताएका हुन् ।
आवधिक निर्वाचन गर्न गराउन दबाव दिइरहनुपर्ने अवस्था आउनुमा परमादेशी सरकारकाे अकर्मण्यता हाे भन्दै पार्टीका जिल्ला अध्यक्ष कार्कीले एमालेकाे दबाव नभएकाे भए जेठकाे पहिलाे साता निर्वाचन गर्ने चर्चा पनि नचल्ने दावी गरे । प्रेस चाैतारी पार्टीको जनसंगठन भएकाले राजनीतिक रूपमा एमालेलाई सबल बनाउन यसका कार्यकर्ताहरूकाे भूमिका रहेकाे उनकाे भनाइ थियाे ।
साे कार्यक्रममा प्रेस चाैतारी नेपालकाे स्थापनादेखि हालसम्मको अवस्थाका बारेमा संगठनका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष गाेपाल काफ्लेले प्रकाश पारेका थिए ।
स्थापना दिवसकाे अवसरमा प्रेस चाैतारी झापाले अध्यक्ष मनकुमार गदालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य सन्ताेष आचार्य, पार्टीका प्रदेश कमिटी सदस्य साेमनाथ पाेर्तेल र बिर्तामोड उध्याेग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले आ-आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य तथा संगठनका केन्द्रीय सदस्य गणेश पाेखरेलले पत्रकार आचार संहिताका विषयमा प्रकाश पारेका थिए । कार्यक्रमकाे सञ्चालन सचिव प्रकाश पाैडेलले गरेका थिए भने उपाध्यक्ष प्रदिप परियारले शाव्दिक स्वागत गरेका थिए ।
Comments