Sajhamanch Archive

हात्ती आतंक नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न बुद्धशान्ति गाउँपालिकालाई एमालेको ध्यानाकर्षण

Published: (Updated: ) in राजनीति, समाज, स्थानीय तह by .

बुद्धशान्ति । दिनहुँजसो हुने हात्ती आतंक नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नेकपा एमालेले बुद्धशान्ति गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।

आज आइतबार विज्ञप्ती जारी गर्दै नेकपा एमाले बुद्धशान्ति गाउँ कमिटीले त्यस्तो ध्यानाकर्षण गराएको हो । ‘झापाको बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर २, ३ र ५ मा विगत लामो समयदेखि जंगली हात्तीको आतंकबाट सर्वसाधारण आजित बनेका छन् ।

दिनहुँजसो जंगली हात्ती गाउँ प्रवेश गरी स्थानीयको अन्नवाली, घर तथा भौतिक सम्पत्तीमा क्षति पुर्याइरहेको छ’ विज्ञप्तीमा भनिएको छ ‘त्रासमा सर्वसाधारण बाँच्नु परिरहेको सन्दर्भमा बुद्धशान्ति गाउँपालिकाबाट हात्ती आतंक नियन्त्रणका लागि प्रभावकारी अल्पकालिन तथा दीर्घकालिन योजना नआएको प्रति हाम्रो पार्टी नेकपा एमालेको गम्भिर ध्यानाकर्षण भएको छ ।’

पालिका पार्टी सचिव धरणिधर पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा दिनहुँजसो हुने हात्ती आतंक समस्या न्यूनीकरण र समाधानका लागि प्रभावकारी अल्पकालिन तथा दीर्घकालिन योजना ल्याइ कार्यान्वयन गर्न, पिडीत नागरिकलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, हुनसक्ने मानवीय क्षतिको संवेदनशिलता प्रति गम्भिर हुन बुद्धशान्ति गाउँपालिकाको ध्यानाकर्षण गरिएको हो ।

जंगली हात्तीले बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर २, ३ र ५ का सर्वसाधारणको घर, भौतिक सम्पत्ती र अन्नबालीमा दिनहुँजसो क्षति पुर्याउने गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *