दमकमा सहकारीकाे प्रदेशस्तरीय गाेष्ठी सुरू
Published: (Updated: )
by .दमक । यहाँस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले रजत वर्षकाे सन्दर्भमा आजदेखि दुई दिवसीय प्रदेशस्तरीय सहकारी कार्यशाला गाेष्ठी सञ्चालन गरेकाे छ । संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईकाे अध्यक्षतामा आयाेजित प्रदेशस्तरीय कार्यशालामा झापा, माेरङ, सुनसरी, धनकुटा, इलाम र पाँचथरबाट सयाैं सहकारीकर्मीकाे सहभागिता रहेकाे छ । प्रभातफेरीबाट सुरूवात गरिएकाे आजकाे कार्यक्रम शुभकामना मन्तब्य राख्दे राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले माेफसलकाे संस्थाले गरेकाे रचनात्मक कार्यहरूकाे मुक्तकण्ठले प्रशंसा गरेकी छन् । संस्थाका अध्यक्ष भट्टराईले कार्यशाला गाेष्ठीकाे आैचित्य प्रकाश पारेका थिए भने प्रमुख कार्यकारी अधिकृत खाेमप्रसाद बगालेले संस्थाकाे साङ्गाेपाङ्गाे परिचय गराएका छन् । याे समाचार तयार गरिरहँदा कार्यशाला सुरू भएकाे छ । “नेपालमा विद्यमान सहकारी कानून र कार्यान्वयनका चुनाैतीहरू” विषयक बलराम निराैलाले कार्यपत्र प्रस्तुत गरिरहेका छन् ।
Comments