भावना आचार्य बनिन् अनेमसंघ बिर्तामोडको नगरअध्यक्ष
Published:
by .बिर्तामोड । अखिल नेपाल महिला संघ (अनेमसंघ) बिर्तामोड नगरकमिटीको अध्यक्षमा भावना आचार्य घिमिरे चयन भएकी छन् ।
आज सोमबार बिर्तामोडमा सम्पन्न अनेम संघको प्रथम सम्मेलनले घिमिरेको अध्यक्षमा सर्वसम्मत नयाँ कमिटी चयन गरेको हो । संघको उपाध्यक्षमा सरिता मैनाली, सचिवमा यसोदा प्रसाई, उपसचिवमा निर्मला ल्वागुन र दुर्गा थपलिया चयन भएका छन् ।
७५ सदस्यीय नगर कमिटीमा आज ५८ सदस्य निर्वाचित भएका छन् भने बाँकी कमिटीले मनोनित गर्ने निर्वाचन समितिका संयोजक भिमा शिवाकोटीले जानकारी दिएकी छन् ।
नेकपा एमाले प्रदेश १ का अध्यक्ष देवराज घिमिरेको प्रमुख आतिथ्यमा भएको नगर सम्मलेनमा पार्टीका स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज अग्नी खरेल विशेष अतिथि रहेका थिए ।
सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य विमल विक, अनेमा संघकी केन्द्रीय सदस्य टिका घिमिरे, प्रदेश कमिटी सदस्य कमला थापा मगर, शान्ता रोक्का, पवित्रा महतरा प्रसाई, जिल्ला सदस्य पवित्रा पाठक लगायतको उपस्थिति थियो ।
Comments