नेपाल खेलकुद महासंघ (नेकोस)को प्रदेश अधिवेशन धमाधम
Published:
by .काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस)ले सबै प्रदेश कमिटीका अधिवेशनहरु धमाधम आयोजना गरिरहेको छ । गत माघ २३ गते महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित भएको नेकोस केन्द्रीय कमिटीले फागुन ७ गतदेखि अधिवेशन सुरु गरेको हो ।
प्रजातन्त्र दिवसको दिन काठमाडौंमा उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन गरी यसलाई अभियानकै रुपमा फागुन २१ गते सम्पन्न गर्न लागिरहेको प्रचार विभाग प्रमुख एवम् प्रवक्ता उमेश केसीले बताएका छन् ,
उनका अनुसार फागुन १४ गते बागमती प्रदेशको अधिवेशन मकवानपुरको हेटांैडामा हुनेछ भने फागुन १६ गते सुदुरपश्चिम प्रदेशको अधिवेशन कैलालीको धनगढीमा आयोजना गरिनेछ ।
यस्तै, फागुन १८ गते कर्णाली प्रदेशको अधिवेशन सुर्खेतको वीरेन्द्रनगरमा हुने तालिका बनाइएको छ भने फागुन १९ गते लुम्बिनी प्रदेशको अधिवेशन रुपन्देहीको बुटवलमा र गण्डकी प्रदेशको अधिवेशन कास्कीको पोखरामा गरिने तय भएको छ ।
मधेश प्रदेशको अधिवेशन फागुन २० गते धनुषाको महेन्द्रनगरमा हुनेछ र अभियान अन्र्तगत फागुन २१ गते झापाको सुखानीमा प्रदेश १ को अधिवेशन समाप्तिसँगै महासंघका सबै प्रदेश कमिटीले नयाँ नेतृत्व पाउने प्रवक्ता केसीको भनाई छ ।
सबै प्रदेशका अधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक, सहसचिव दुई तथा कोषाध्यक्ष एकसहित ७५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित हुने व्यवस्था रहेको छ । सबै प्रदेश कमिटीको अधिवेशन सम्पन्न पश्चात फागुन २८ गते महासंघ सम्बद्ध खेल संघहरुको संयुक्त भेला काठमाडौमा आयोजना गरिएको प्रवक्ता केसीले जनाएका छन् ।
Comments