Sajhamanch Archive

प्रेस चौतारी बिर्तामोड कमिटी गठन

Published: (Updated: ) in राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by .

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगरकमिटीका अध्यक्ष सुवास भट्टराईले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै पार्टी कमिटी तथा जनवर्गीय संगठन विस्तार गरिरहेको बताएका छन् ।

बुधबार बिर्तामोडमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलन तथा बिर्तामोड नगर भेलालाई सम्बोधन गर्दै उनले पत्रकारले सकारात्मक र वास्तविक समाचार प्रकाशन गर्नु व्यावसायिक धर्म भएको बताए ।

नगरकमिटीको गठन पछि आफूहरुले गरेका कामहरुको जानकारी समेत गराइएको उक्त कार्यक्रममा अध्यक्ष भट्टराईले वडादेखि टोलसम्म एमालेको संरचना निर्माण गरेको जानकारी दिए ।

उनले आगामी स्थानीय तहको निर्वाचनमा मेयरदेखि वडा सदस्यसम्म सबै ५२ वटै पलमा एमालेले जीत हासिल गर्ने र यसका लागि संगठन विस्तार गरिसकिएको पनि बताए ।

एमाले बिर्तामोड नगर पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रेस चौतारी झापा बिर्तामोड नगर कमिटीसमेत गठन गरिएको छ । प्रेस चौतारी झापाका सहसचिव अच्युत सुवेदीको अध्यक्षतामा नगर कमिटी गठन गरिएको हो ।

नगर कमिटीको सचिवमा राजकुमार ओली, कोषाध्यक्षमा कोपिला तिवारी र सदस्यहरुमा सरोज पौडेल, सन्तोष न्यौपाने, एकराज प्रधान, छेत्रलाल राजवंशी र आर्यन सिटौला चयन भएका छन् ।

प्रेस चौतारी झापाले आफ्ना सदस्यहरु रहेको पालिकामा पालिकास्तरको कमिटी गठन गर्ने कार्यको आजदेखि थालनी गरिएको हो । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा झापाका इञ्चार्ज मोहन काजीले कमिटीको घोषणा गर्दै रचनात्मक रुपमा गतिविधिलाई अगाडि बढाउन आग्रह गरे।

प्रेस चौतारी बिर्तामोडको नयाँ कमिटीलाई एमाले झापा जिल्ला कमिटीका सदस्य तथा प्रचार विभाग प्रमुख गोपाल काफ्लेले सपथग्रहण गराएका छन् ।

चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा आयोजित कार्यक्रमको औचित्यमाथि प्रदेश कमिटीका अध्यक्ष गणेश पोखरेलले प्रष्टाएका थिए ।

चौतारीका सदस्य रमेश तिवारीले स्वागत गरेको कार्यक्रमको संचालन जिल्ला उपाध्यक्ष प्रदीप परियार गरेका थिए। कार्यक्रममा बिर्तामोड क्षेत्रमा क्रियाशिल पत्रकारहरु र नगर तथा जिल्ला तहका एमाले नेताहको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *