गाउँपालिका अध्यक्ष राईले दिए प्याङको गुम्बालाई एक लाख चार हजारको ईंटा
Published:
by .माईजोगमाई । माईजोगमाई गाउँपालिकाको टिम यतिबेला गाउँपालिकाको विकासको लागि कम्मर कसेर लागेको छ । आफ्नो पालिकाको विकासको लागि र पर्यटकीय स्थलहरुको संरक्षण गर्न गाउँपालिका अध्यक्ष जितबहादुर राई डटेर लागिरहेका छन् ।
उनले माईजोगमाई वडा नं ६ प्याङमा रहेको डंग्युर ञिङमा पल्युल ओर्गेन लोङ्कुई लिङ गोन्पालाई गुम्बा निर्माणको लागि एक लाख चार हजार रुपैयाँ बराबरको ईंट्टा आफ्नोतर्फबाट ब्यक्तिगत सहयोग गरेका छन् । शनिबार एक कार्यक्रमकाबीच उनले गुम्बालाई उक्त सहयोग हस्ताणतरण गरेका हुन् ।
गुम्बा ब्यावस्थापन समितिले गुम्बा निर्माणको लागि ईंटा पाएपछि खुसी ब्यक्त गरेको छ । कुनैपनि राजनीतिक प्रलोभन नदेखाई गुम्बाको निर्माण कार्यमा सहयोग होस् भनेर गाउँपालिका अध्यक्ष राईले गुम्बालाई सहयोग गरेको बताएका छन् ।
गाउँबासीको साथ सहयोग भएमा माईजोगमाई गाउँपालिकाको अन्य क्षेत्रहरुको विकासमा आफू अहोरात्र खटिने अध्यक्ष राईले आश्वासन पनि दिएका छन् ।
Comments