Sajhamanch Archive

झापाका युवा उद्यमी मैनाली उद्योग संघको केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश इञ्चार्जमा निर्वाचित

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

झापा । बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली नेपाल उद्योग संघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन् ।

आज शनिबार चितवनमा सम्पन्न नेपाल उद्योग संघको दोस्रो अधिवेशनबाट झापा बिर्तामोडका व्यवसायी मैनाली केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश १ को इञ्चार्जमा निर्वाचित भएका हुन् ।

बिर्तामोडलाई मूल कर्मथलो बनाएर दर्जनौं उद्योग व्यवसाय सञ्चालन गर्दै आएका मैनाली सामाजिक क्षेत्रमा समेत क्रियाशिल छन् ।

झापाबाट मैनालीसँगै नेपाल उद्योग संघको केन्द्रीय सदस्यमा पवन खेडिया, डिल्लीबहादुर थापा र विशाल विमली निर्वाचित भएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *