Sajhamanch Archive

भट्टराई कुलवंश प्रतिष्ठान झापा जिल्ला समितिको नयाँ नेतृत्व चयन

Published: (Updated: ) in लोकप्रिय, समाज by .

बिर्तामोड । भट्टराई कुलवंश प्रतिष्ठान झापा जिल्ला समितिको चौथो जिल्ला अधिवेशन शनिबार झापाको बिर्तामोडमा सम्पन्न भएको छ।

भट्टराई कुल वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहदुर भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले आगामी तीन वर्षे कार्यकालको लागि बिर्तामोडका धर्मेन्द्र भट्टराईको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति निर्वाचित गरेको छ।

नव निर्वाचित झापा जिल्ला समितिको उपाध्यक्षमा गिरीराज भट्टराई दमक, महिला उपाध्यक्षमा शकुन्तला भट्टराई दमक, सचिवमा चन्द्रप्रसाद भट्टराई महाभारा, सहसचिवमा खिबराज भट्टराई हल्दिबारी र कोषाध्यक्षमा कृष्णप्रसाद भट्टराई अर्जुनधारा रहेका छन् ।

समितिको सदस्यहरुमा नेत्र भट्टराई, राधिका भट्टराई, केशव भट्टराई, गोपाल भट्टराई, सुवास भट्टराई, राजकुमार भट्टराई, तुलसा भट्टराई, टङ्कप्रसाद भट्टराई, डिल्लीराम भट्टराई, रामप्रसाद भट्टराई, चेतराज भट्टराई, कुमारीदेवी भट्टराई, महेश भट्टराई, टिकामाया भट्टराई, गंगाराम भट्टराई, घनश्याम भट्टराई, बन्दना भट्टराई, चेतप्रसाद भट्टराई, बल्लब भट्टराई, मातृका भट्टराई, भवानीप्रसाद भट्टराई, रुद्रप्रसाद भट्टराई, रमेश भट्टराई, चन्द्रकला भट्टराई, सोमनाथ भट्टराई, पार्वतादेवी भट्टराई, मीरा भट्टराई, चन्द्रकला भट्टराई र महेश भट्टराई रहेका छन्।

सो अधिवेशनले कुलप्रसाद भट्टराईको संयोजकत्वमा तीन सदस्यीय लेखा समितिसमेत निर्वाचित गरेको छ। समितिका सदस्यहरुमा जीवन भट्टराई र रुद्रप्रसाद भट्टराई रहेका छन्।

कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो। यसैक्रममा अग्रज व्यक्तित्व नन्दिकेशर भट्टराई अर्जुनधारा, प्रतिष्ठानका पूर्व जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद भट्टराई, दमक नगर समितिका अध्यक्ष बुद्धिशेखर भट्टराई, झापाका उत्कृष्ट शाखाहरु मध्ये दुवागढी धाइजन शाखा, अक्षयकोषमा अमूल्य योगदान गर्ने रामप्रसाद भट्टराई, बिर्तामोड नगरसमितिका सचिव मातृका भट्टराईलाई दोसल्ला सम्मानपत्र र रुद्राक्षको माला लगाई सम्मान गरिएको थियो।

यसैगरी कुलवंश प्रतिष्ठानको जिल्ला अक्षयकोषमा योगदान गर्ने बन्धुहरुलाई समेत सम्मान गरिएको थियो। प्रतिष्ठानका झापा जिल्ला अध्यक्ष गंगाप्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा बिर्तामोड नगर समितिका अध्यक्ष बुद्धिराम भट्टराई, प्रतिष्ठानका प्रदेश १ का अध्यक्ष चन्द्रबहादुर भट्टराई, सुनसरी जिल्ला अध्यक्ष कृष्ण भट्टराई, प्रतिष्ठानका केन्द्रीय सहअध्यक्ष दुर्गाप्रसाद भट्टराई र प्रमुख अतिथि केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईले प्रतिष्ठानको गरिमा र महत्वको बारेमा प्रकाश पार्दै शुभकामना मन्तव्य राखेका थिए।

अधिवेशनमा सबै कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिका संयोजक प्रेमप्रसाद भट्टराईले जानकारी गराए । कार्यक्रममा समितिका सहसचिव कुलप्रसाद भट्टराईले स्वागत गरेका थिए भने सचिव गिरिराज भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए।

नवनिर्वाचित अध्यक्ष लगायत सम्पुर्ण पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन समितिका संयोजक प्रेमप्रसाद भट्टराईले सपथग्रहण गराएका थिए। नवनिर्वाचित अध्यक्ष धर्मेन्द्र भट्टराइले प्रतिष्ठानलाई प्रगतिशील ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *