Sajhamanch Archive

शेखर कोइराला पक्षका तरुण र विद्यार्थीको बैठक १ बजेदेखि

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by .

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निकट तरुण र विद्यार्थी नेताहरुको आज अलग्गै बैठक बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाले तरुण दल र नेविसंघमा एकलौटी नियुक्त गरेको भन्दै असन्तुष्ट कोइराला पक्षले काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आज आफू निकट नेताहरुको छुट्टै बैठक बोलाएको हो ।

दिउँसो १ बजे सुरु बैठकमा संघर्षलाई कसरी अघि बढाउने भनेर छलफल गर्ने शेखर कोइराला निकट विद्यार्थी नेता प्रेमिका रानाले बताइन् ।

पार्टी सभापति देउवाले ९ चैतमा तरुण दल अध्यक्षमा विद्वान गुरुङ र नेविसंघ अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए । एकलौटी निर्णय भएको भन्दै शेखर कोइराला पक्षले पार्टी कार्यालय सानेपामा पार्टी सभापति देउवाविरुद्ध प्रदर्शन समेत गरेको थियो ।

कोइराला पक्षमा समानान्तर गतिविधि गर्ने विषयमा बहस समेत हुँदै आएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *