Sajhamanch Archive

चीनमा दुर्घटना भएको विमानमा सवार सबै १३२ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार by .

काठमाडौं । चीनमा गत चैत ७ गते सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको चीन सरकारले शनिबार पुष्टि गरेको छ ।

१२३ यात्रु र चालक दलका ९ सदस्य सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ–७३७ विमान कुन्मिङबाट गुआनझाओ जाने क्रममा दक्षिणी प्रान्तको पहाडी क्षेत्रमा दुर्घटना भएको थियो ।

२० घण्टासम्म पनि कसैलाई जीवित फेला पार्न नसकेपछि सबैको मृत्यु भएको आशंका चिनियाँ अधिकारीहरुले गरेका थिए । तर चीनको राज्य सरकारले ६ दिनपछि शनिबारमात्र सबैको मृत्यु भएको औपचारिक पुष्टि गरेको हो ।

कुनमिङबाट गोआन्झाउका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान सो दिन दिउँसो २ः३८ बजे वुझाउ सहरको टेङ्कसियान काउन्टीको मोलाङ गाउँ नजिकैको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाको सूचना पाएलगत्तै दुई हजारभन्दा बढी मानिसलाई उद्धार तथा खोजी कार्यमा खटाइएको थियो ।

बुधबार उक्त विमानको ब्ल्याक बक्स फेला परेको थियो । ब्ल्याक बक्समा विमानका सबै डाटा र पाइलटले गरेका कुराकानीको रेकर्ड रहने भएकाले दुर्घटनाको कारण पत्ता लाग्ने विश्वास गरिएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *