Sajhamanch Archive

मानवअधिकार एलायन्स झापाको अध्यक्षमा प्रेमा, १५ सदस्यीय जिल्ला नेतृत्व सर्वसम्मत

Published: (Updated: ) in विविधा by .

झापा । राष्ट्रिय मानवअधिकार तथा न्याय मञ्च नेपाल (मानवअधिकार एलायन्स) झापाको अध्यक्षमा प्रेमाकुमारी भट्टराई सर्वसम्मत चयन भएकी छन् ।

शुक्रबार सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाको हलमा सम्पन्न प्रथम अधिवेशन तथा चौथो वार्षिक साधारणसभाबाट भट्टराईको नेतृत्वमा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो ।

नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख गोपाल काफ्लेले निर्वाचन अधिकृतको रुपमा सर्वसम्मत नयाँ नेतृत्व चयन गराएका हुन् । एलायन्सको उपाध्यक्ष कृष्ण दंगाल, सचिव अर्जुन पाठक र कोषाध्यक्ष बिमला ढकालले पुनः सोही जिम्मेवारी पाएका केन्द्रीय सदस्य रुद्र सिटौलाले जनाएका छन् ।

मानवअधिकार एलायन्स झापा जिल्ला कमिटीका सदस्यहरुमा कविता बाँस्तोला, लोकमाया ढुंगाना, अनिल गौतम, सोमनाथ तिम्सिना, एकेन्द्र उप्रेती, दिपक दास, कोशिस घिमिरे, तोया मिश्र, पार्वता खतिवडा, गंगा नेपाल र रेखा रेग्मी चयन भएका छन् ।

एलायन्सको नवनिर्वाचित नेतृत्वलाई नेकपा एमाले झापाका उपसचिव एवम् मोर्चा संगठनका प्रमुख असारु राजवंशीले सपथ गराएका थिए ।

मानवाधिकार एलायन्सका महासचिव विदुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न जिल्ला अधिवेशनमा नेकपा एमाले झापाका सचिव शिवकुमार ढुंगेल, एलायन्सका केन्द्रीय सदस्य रुद्र सिटौलालगायतले यसको आवश्यकता र औचित्यका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *