युवा लक्षित व्यवसायिक तालिम सञ्चालन गर्दै बिर्तामोडको ड्रिम्स वल्र्ड
Published: (Updated: )
by .बिर्तामोड । यहाँस्थित ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रालिले बिर्तामोडमा तीन दिने उर्जा द ट्रेनिङ फर इन्टरप्रेनरशिपको आयोजना गरेको छ । चैत २०–२२ मा उक्त कार्यक्रम गर्न लागिएको आज पत्रकार सम्मेलनमार्फत् जनाइएको हो ।
आजका युवाको चासो उद्यमशिलतातर्फ बढिरहेको कुरालाई मध्यनजर गर्दै सो विषयमा बृहत ज्ञान दिलाउन एवम् अवसरको ढोका खोल्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको जनाइएको छ ।
तालिमको सहजीकरण गर्न सफल व्यवसायी तथा नायक सन्जोक कोइराला, मोटिभेशनल स्पीकर रोहित मल्ल, सोसियल इन्टरपेनर प्रकृति मैनाली आउने तय भएको आयोजक कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिए ।
उनीहरुसँगै युवामाझ लोकप्रिय एवम् चर्चित र्यापर बालेन शाहको विशेष कार्यक्रम र चर्चित कमेडियन सुमन कार्कीको प्रस्तुति रहने उनले जनाएका छन् । सेमिनारमा झापा तथा आसपास जिल्लाका ५०० युवालाई सहभागी गराउने लक्ष्य आयोजकले राखेको छ ।
सेमिनारको उद्देश्य युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उत्प्रेरणा दिने, अहिलेको ट्रेन्डमा कस्तो व्यवसाय गर्दा राम्रो प्रतिफल आर्जन गर्न सकिन्छ भन्नेमा ज्ञान प्रदान गर्नु रहेको कार्यकारी निर्देशक सरोज खरेलको भनाई छ । स्टार्ट अप बिजनेश के हो र कसरी गर्न सकिन्छ, सेयर मार्केटको भविष्य कस्तो छ भन्ने विषयमा समेत सेमिनार केन्द्रित रहने उनले जनाए ।
Comments