उर्जा द ट्रेनिङ फर इन्टरप्रेनरसिप शुरु
Published:
by .बिर्तामोड । आइतबारदेखि यहाँ उर्जा द ट्रेनिङ फर इन्टरप्रेनरसिप शुरु भएको छ ।
युवाको बढ्दो चासो उद्यमशिलता रहेको र सोही कुरालाई मध्यनजर गर्दै अझ सो विषयमा बृहत ज्ञान दिन र अवसरको ढोका खोल्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको हो ।
तालिममा व्यवस्थापन संकायमा अध्ययन गर्ने, भविष्यमा उद्यमी बन्न चहाने करिव २०० युवाको उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ ।
तालिमको पहिलो दिन आज मोटिभेसनल स्पिकर रोहित मल्लले सहजीकरण गरेका थिए । सोमबार र मंगलबारको प्रस्तुति व्यवसायी तथा नायक सन्जोक कोइराला, सोसियल इन्टरपेनर प्रकृति मैनालीको रहने ड्रिम्स वल्ड इन्टरटेण्टमेन्टका कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिएका छन् ।
सेमिनारको मुख्य उद्येश्य युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उत्प्रेरणा दिने, अहिलेको ट्रेन्डमा कस्ता व्यवसाय गर्दा राम्रो प्रतिफल आर्जन गर्न सकिन्छ भन्नेमा ज्ञान प्रदान गर्ने रहेको कार्यक्रमका प्रस्तोता तथा कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनीको भनाई छ ।
Comments